ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

बुटवलको नन्दिनी गौशाला व्यक्तिलाई दिने प्रपञ्च स्वीकार्य हुंदैन : एमाले

बुटवल उपमहानगरपालिकाको वर्तमान नेतृत्वको पूर्वाग्रहपूर्ण सोच र स्वार्थका कारणले बन्द हुन थालेको आरोप
२९ असार २०८०, शुक्रबार
२९ असार २०८०, शुक्रबार

बुटवल,२९ असार । शिवनगर सामुदायिक बन क्षेत्रमा निर्माण भई सञ्चालनमा आएको नन्दनी गौशाला बुटवल उपमहानगरपालिकाको वर्तमान नेतृत्वको पूर्वाग्रहपूर्ण सोच र स्वार्थका कारणले बन्द हुन थालेको नेकपा एमाले बुटवलले तर्क गरेको छ ।

बुटवलमा देखा परेको छाडा चौपायाको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ २०७७ सालमा बुटवल उपमहानगरपालिका र शिवनगर सामुदायिक बन उपभोक्ता समितिको सहकार्यमा शिवनगर सामुदायिक बनमा धार्मिक पर्यटन सहितको गौशाला निर्माण गर्ने सम्झौता सम्पन्न भएको थियो । सम्झौता बमोजिम करिब ८ विगाहा क्षेत्रफलमा उपमहानगरपालिकाले गौशालाका लागि आवश्यक पर्ने पूर्वाधार लगायतका आधारभुत संरचनाहरु निर्माण गरेको छ ।

गौशालाको दिर्घकालिन सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले कार्यविधि निर्माण गरेको र कार्यविधि अनुसार गौशालाका लागि आवश्यक पर्ने पूर्वाधार, गौ आहार दाना, पराल लगायत र स्वास्थ्य उपचारको प्रबन्ध बुटवल उपमहानगरपालिकाले गर्ने तथा शिवनगर सामुदायिक बनको नेतृत्वमा स्थानीयहरु सम्मिलित गौशाला सञ्चालन तथा व्यवस्थापन समिति निर्माण गरी त्यस मार्फत गौशालाको रेखदेख र सञ्चालन गर्ने व्यहोरा कार्यविधिमा उल्लेख गरिएको थियो ।

यसमा बुटवल उपमहानगरपालिका प्रमुख संरक्षक, शिवनगर सामुदायिक बन संरक्षक रहने व्यवस्था समेत थियो । तर अहिले उपमहानगरको नेतृत्व व्यक्तिगत स्वार्थ अनुकुल करिब ८ विगाहा क्षेत्रफलमा रहेको गौशाला कुनै अमूक व्यक्ति र संस्थालाई सञ्चालनका लागि दिन आतुर देखिएको नेकपा एमाले बुटवल नगर किमटी अध्यक्ष किशन ज्ञवलीले दावी गरे । २०७८ साल कार्तिक लक्ष्मीपुजाको दिन गौं संरक्षण केन्द्रको औपचारिक शुभारम्भ गरिएको थियो ।

‘२०७९ को स्थानीय निर्वाचन पश्चात बुटवल उपमहानगरपालिकामा नयाँ नेतृत्व आएपछि गौशाला प्रति हेर्ने दृष्टिकोण सकारात्मक भएन, नगरसभाबाट गौ संरक्षण केन्द्र सञ्चालनका लागि विनियोजन गरिएको रु २५ लाख समेत नगरपालिकाको नेतृत्वले गौशालालाई उपलब्ध गराइएन, बन उपभोक्त समिति र स्थानीयहरुको भावना विपरित कार्यविधि परिवर्तन गरेर आफ्नो स्वार्थ अनुकुल कुनै अमुक संस्थालाई गौशाला सञ्चालन गर्न दिने योजना बनायो र हुदाँ हुदाँ अहिले गौशाला बन्द हुने स्थिती आएको छ यसप्रति हाम्रो आपत्ति छ’–अध्यक्ष ज्ञवालीले भने–‘बुटवलमा आधारभूत संरचना सहितको गौशाला छ तर बुटवलका सडकभरी छाडा चौपायाहरु छरिएका छन् । बुटवल उपमहानगरपालिकाको वर्तमान नेतृत्व आफ्नो दायित्व बिर्सेर कानमा कपास हालेर बसिरहेको छ । छाडा चौपायाको कारणले दिनहु दुर्घटना निम्तिरहेको छ ।’

राज्यको सम्पति कुनै अमुक व्यक्ति वा संस्थालाई दिने प्रपन्च एमालेलाई स्विकार्य नहुने भन्दै शिवनगर सामुदायिक बन, स्थानीय र आम बुटवलबासीको भावना अनुसार गौ संरक्षण केन्द्र सञ्चालनमा ल्याई बुटवलका सडकमा रहेका छाडा चौपायाको तत्काल व्यवस्थापन गर्न ज्ञवालीले माग गरेका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले भने गौशाला कुनै व्यक्तिलाई दिने कुरा नभएको तर थप व्यवस्थित गर्न कार्यविधि संशोधन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?