ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

रोहिणी गाउँपालिकाले ल्यायो नीति तथा कार्यक्रम, ५५ करोड बढी बजेट

२९ असार २०८०, शुक्रबार
२९ असार २०८०, शुक्रबार

भैरहवा, २८ असार ।

रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले १३ औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

१४८ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै ‘व्यवसायिक कृषि पेशा अबलम्वन गरौं आत्मनिर्भर बनौं, भन्ने उद्देश्यकासाथ कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने र व्यवसायिक तथा साना कृषकहरूलाई अनुदानको व्यवस्था गरिने उल्लेख छ ।

त्यस्तै धकधईमा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको लागि परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत भइसकेकोले ठेक्का प्रक्रियामा लगिने उल्लेख छ ।

रोहिणी गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि निःशुल्क शिक्षा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले बताए । यसबाट गाउँपालिकाभित्रकै शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने परिपाटीको विकास हुने उनले बताए ।

त्यस्तै आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन गर्ने र बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसुति गराइएका रोहिणी गाउँपालिकाभित्र स्थायी बसोबास भएका सुत्केरी महिलालाई साउन १ गतेदेखि नै कार्यान्वयन गर्ने गरी ‘उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी पोषण सामाग्री उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष यादवले बताए ।

त्यसै गरी रोहिणी गाउँपालिकाको इतिहास, भूगोल, संस्कृति, चालचलन, रीतिरिवाज, भाषा, आर्थिक–सामाजिक, क्रियाकलाप र पर्यटकीय स्थल झल्किने गरी स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिने उनले बताए ।

आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मुस्लिम, पिछडावर्ग, अपांंगता भएका व्यक्तिलगायतका वर्ग तथा समुदायलाई सीपमूलक, आयमुलक र रोजगारमुलक कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

रोहिणीको बजेट ५५ करोड बढी

बिहीबार भएको रोहिणी गाउँपालिकाको १३ औं गाउँसभाले ५५ करोड ९१ लाख १२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०÷२०८१ का लागि झण्डै ५६ करोडको बजेट प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

बजेटमा आन्तरिक आयबाट रु. २ करोड ८२ लाख ६ सय ८५, संघीय सरकारबाट प्राप्त रु. ४३ करोड, २५ लाख ४४ हजार ६ सय, प्रदेश सरकारबाट प्राप्त रु. ३ करोड ४३ लाख ६६ हजार ७ सय १५, बैंक मौज्दात ४ करोड, जिल्ला समन्वय समितिबाट रु. २ करोड ४० लाख अनुमान गरिएको छ ।

१३ औं गाउँसभामा गाउँपालिकाका सेवानिवृत्त (स्थायी) शिक्षक, जनप्रतिनिधि, कर्मचारी, गाउँपालिकामा निर्माण हुने १३ शैय्याको अस्पताल जाने सडकका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट विद्यालय श्री भविष्य उज्जवल आधारभूत विद्यालय र उत्कृष्ट शिक्षक श्री पिपरहवा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राधेश हरिजनलाई सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत मधु प्रसाद घिमिरेले बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता तथा शिक्षा शाखा अधिकृत मधु प्रसाद घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, प्रवक्ता वीर बहादुर क्षेत्री, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?