© २०२३
लमहीमा अटोभिलेज व्यवस्थापनका लागि छनौट गरिएको जग्गा फेरी विवादमा तानिएको छ । लामो सयमदेखि जग्गाको खोजिमा रहेको लमही नगरपालिकाले लमही नगरपालिका ७ कर्री सामुदायिक वनको हाता भित्र अटोभिलेजका लागि जग्गा छनौट गरेको थियो ।
वनको जग्गा छनौट गर्दा वनसंग समन्वयनै नगरी छनौट भएको भन्दै सव डिभिजन वन कार्यालय लमहीले तत्काल अटो भिलेज काम काज अघाडी नवढाउन भनेको छ । वन डिभिजन कार्यालय लमहीले सार्वजानिक सूचना जारी गरेर क तत्काल काम कामग रोक्न आग्रह गरेको छ ।
सव डिभिन वन लमहीका प्रमुख छोटेलाल चौधरीले सूचना जारी गरि आफूहरुसंग समन्वय र छलफल नगरी वनको जग्गामा भिजेल संचालन गर्न लागेको जानकारी संचार माध्यामवाट प्राप्त गरेको हुँदा त्यहाँ भएको सम्पूर्ण कार्यको विवरण कार्यालयमा पठाउन भनेको छ । लमहीमा लामो सयमदेखि अटो भिलेजका लागि जग्गा नभएका कारण बजारमै छरफस्ट रुपमा अटो भिलेजहरु संचालनमा आएका छन । गत शुक्रवार देखि लमहीमा नाली बाहिर कुनै पनि सामग्री राखेर व्यापार नगर्न आदेश प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङले दिएसँगै अटो व्यवसायिहरुले लमही नगरपालिका र देउखुरी उद्योग वाणिज्य संघ लमहीलाइ तत्काल अटोभिलेज संचालन गर्ने ठाँउको व्यवथापन गरिदिन दवाव दिदै आएका थिए ।
सोही दवाव बमोजिम लमही नगरपालिका ,देउखुरी उद्योग वाणिज्य संघ लमही लगायतका सरोकारवालाहरुले लमही देखि नजिकै अजुनखोला किनारमा रहेको कर्री सामुदायिक वनको जग्गा छनोट गरि भिलेजका लागि काम कार्य समेत सुचारु गरेका थिए । पूर्व पश्चिम राजमार्गसंगै सटेको अजुनखोला देखि ५ मिटर पश्चिम सशस्त्र सिमा सुरक्षा वेश क्याम्प नजिकै करिव ६ विगाह क्षेत्रफ जग्गामा अटोभिलेज संचानका लागि छनौट गरिएको थियो । अटो भिलेजसंगै वारिङ सेन्टरहरु समेत निर्माण गर्ने लक्ष रहेको अटो व्यवशायी संघका अध्यक्ष भिष्म गैलेले वताए ।
लमही नगरपालिकाका मेयर कुल वहादुर केसी र कर्री सामुदायिक वनका अध्यक्ष कृष्ण खर्ती विवाद मिलाउने काम भइ रहेको वताउछन । यता लमही वजारलाइ व्यवस्थीत गर्न नाली वाहिर सामाग्र्री राख्न नपाउने दवाव र अर्कोतिर भिलेज संचालनका लागि छनौट गरिएको जग्गा विवादले अटो व्यवससायिहरु अन्यौलमा परेका छन ।