ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो
प्रदेश सरकारको खर्च ४ दिनमा ४ अर्ब

आर्थिक मामिला मन्त्रालय नै सबैभन्दा कमजोर

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत असार २० गते २५ अर्ब, ८४ करोड, ४५ लाख ९१ हजार ५ सय ८० रूपैयाँ खर्च गरेकोमा चार दिनको अवधीमा ३० अर्ब ५७ करोड ७४ हजार ७ सय ५३ रूपैयाँ खर्च गरेको हो । चार दिनको अवधिमा मात्रै सरकारले ४ अर्ब ७२ करोड ५४ लाख ८३ हजार १ सय ७३ रूपैयाँ खर्च गरेको हो ।
२७ असार २०८०, बुधबार
२७ असार २०८०, बुधबार

बुटवल, २६ असार ।  लुम्बिनी प्रदेश सरकारले असार महिनाको अन्तिम चार दिनमा साढे ४ अर्ब रकम खर्च गरेको छ । प्रदेश मातहतका १४ वटा कार्यालय र अर्थ विविध गरी १५ वटा निकायले गत असार २० गतेको तुलनामा २४ गते सम्ममा ४ अर्ब ७२ करोड, ५४ लाख ८३ हजार १ सय ७३.६९ रकम खर्च गरेका हुन । असार अन्तिममा कार्यालयका खाता बन्द हुने अवस्थामा यो रकम खर्च भएको हो ।

प्रदेशको कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार गत असार २० गते प्रदेश सरकारले कुल बजेटको ६०.६२ प्रतिशत मात्रै रकम खर्च गरेको छ । तर असार २४ गते भने सरकारले खर्चलाई बढाएर ७१.७० प्रतिशत पुर्याएको छ ।

प्रदेशको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत असार २० गते २५ अर्ब, ८४ करोड, ४५ लाख ९१ हजार ५ सय ०८० रूपैयाँ खर्च गरेकोमा चार दिनको अवधिमा ३० अर्ब ५७ करोड ७४ हजार ७ सय ५३ रूपैयाँ खर्च गरेको हो । चार दिनको अधवीको हिसाव गर्दा सरकारले ४ अर्व ७२ करोड ५४ लाख ८३ हजार १सय ७३ रूपैयाँ खर्च गरेको हो ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दिपक ज्ञवालीका अनुसार असार २४ गते सम्मको अवस्थामा सबैभन्दा बढि प्रदेश लोकसेवा कार्यायले खर्च गरेको छ । विनियोजित बजेटबाट नपुगेर थप गरी कुल १सय ७६ प्रतिशत रकम त्यो कार्यायलेल खर्च गरेको हो । प्रदेश सकरारले स्थानीय तह लाई पठाउने रकम मा कुल ९१.११ प्रतिशत पठाएको छ । प्रदेश सरकारले असार को २४ गते सम्ममा कुल ७१. ७० प्रतिशत मात्रै खर्च गरेको हो ।

कार्यालयगत विवरण अनुसार प्रदेश सभाले ६५.१६, प्रदेश लोकसेवा आयोगले १ सय ७६.७१ प्रतिशत, मुख्य न्यायाधिवक्ता कार्यालयले ८१.०९ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यायलले ६९.५८ प्रतिशत, आर्थिक मामिला मन्त्रालयले ३१.५२ प्रतिशत, उद्योग पर्यटन तथा यातायात मन्त्रायले कुल ६३.३६, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ५९.१८ प्रतिशत, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले ६५.८२ प्रतिशत रकम खर्च गरेका छन् ।

यस्तै प्रदेशको वन तथा वातावरण मन्त्रायले जम्मा ७६. १९ प्रतिशत, भौतिक पूर्वाधार मन्त्रालयले ७६.०२ प्रतिशत, खानेपानी, ग्रामिण विकास तथा सहरी विकास मन्त्रालयले ७७.२७, सामाजिक विकास मन्त्रालयले ६८.४० प्रतिशत, स्वास्थ्य मन्त्रालयले ६५.४० प्रतिशत र प्रदेश योजना आयोगले कुल ५३.५३ प्रतिशत मात्रै रकम खर्च गरेका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले निकालेको प्रारम्भीक तथ्यांकमा सबैभन्दा कमजोर मन्त्रालय प्रदेशको आर्थिक मामिला मन्त्रालय देखिएको छ । अर्थमन्त्री समेत रहेका धनबहादुर मस्कीले सम्मालेको यो मन्त्रालयको खर्च अवस्था ५० प्रतिशत भन्दा न्यून छ ।
हालसम्म यो मन्त्रालयले जम्मा ३१.५२ प्रशित मात्रै चालु र पुँजीगत खर्च गरेको छ । कोलेनिकाको तथ्यांक अनुसार यो मन्त्रालले चालु तर्फ कुल बजेटको जम्मा ६६.३६ प्रतिशत खर्च गरेको छ भने पुँजीगत तर्फ जम्मा ३६.५९ प्रतिशत मात्रै रकम खर्च गरेको हो ।
उक्त मन्त्रालयको कुल बजेट ४१ करोड ६१ लाख ७ हजार रहेकोमा कुल १२ करोड, ९४ लाख २१ हजार ४२ रूपैयाँ मात्रै खर्च गरेको छ ।
मन्त्रालयहरूमा सबैभन्दा बढि खर्च गर्ने मन्त्रालयमा भने खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्रालय रहेको छ ।यो मन्त्रालयले कुल बजेटको चालु र पुँजीगत गरेर ७७. २७ प्रतिशत रकम खर्च गरेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशका प्रदेश लेखा नियन्त्रक दिपक ज्ञवालीका अनुसार विचमा संघीय सरकारले विभिन्न कार्यक्रम सहित करिव १ अर्व भन्दा बढिका कार्यक्रम आर्थिक मामिला मन्त्रालयबाट फिर्ता लगेको तर त्यो बजेट मन्त्रालयले आफ्नो विवरणमा अध्यवधिक नगरेको कारण खर्चमा कमजोर देखिएको हुन सक्ने बताए । उनले प्रारम्भी तथ्यांक अनुसार मन्त्रालयको खर्च विवरण मा १, २ करोड अन्तीममा फरक पर्न गएपनि प्रारम्भीक खर्च विवरण नै अन्तीम भएको जानकारी दिए । उनले भनेः‘ प्रदेशका सबै खाता बन्द भैसकेका छन्, कार्यालयबाट प्रकाशन भएको प्रारम्भीक विवरणमा एक दुई करोड फरक होला तर सबै यहि नै हो । ’

अर्थ विविधको रकम खर्च नभएको कारण कम प्रगति देखिएको होः मन्त्री राना

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले प्रकाशन गरेका प्रारम्भिक खर्चको तथ्यांक अनुसार मन्त्रालयहरूमा सबैभन्दा कम खर्च भएको आर्थिक मामिला मन्त्रालय रहेको छ । ३१.५१ प्रतिशत मात्रै रकम खर्च भएको मन्त्री धन बहादुर मास्कीले भने अर्थ विविधमा राखीएको भैपरि आउने रकम खर्च नभएको कारण कम प्रगति देखिएको बताए ।

बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘हामीसंग के नै बजेट हुन्छ र पुँजीगतमा ठोस बजेट हुदैन, चालु अली बढि हो, भैपरि आउने, कोषको व्यवस्था गरिएको हुन्छ, अर्थ विविधमा त्यो रकम खर्च नभएको कारणले गर्दा कम खर्च देखिएको हो, हामी कमजोर होईनौं ।’
प्रदेशकै अर्थ हाँक्ने अर्थ मन्त्रीकै मन्त्रालय खर्चमा कमजोर देखिएको सरकारी तथ्यांक सार्वजनिक भएपछि मन्त्री मास्कीको भने जनस्तरमा आलोचना नहोला भन्न नसकीने अर्थका जानकार बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?