ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

डिलर्सका सदस्यलाई लेखा सफ्टवेयर र वित्तीय साक्षरता

प्रविधिसंगै पेट्रोलियम कारोबार पारदर्शी, जोखिम न्यूनीकरणसंगै समय बचत
२२ असार २०८०, शुक्रबार
२२ असार २०८०, शुक्रबार

बुटवल, २२ असार ।

वि.सं. २०५४ सालदेखि तेलको कारोबार गर्दै आएका त्रिनेत्र आयल, भुमहीका रामचन्द्र न्यौपाने हातबाट नै काम गर्थे । फाइलका ढड्डामा हिसाब गर्ने उनी वर्षको अन्त्यमा हिसाब मिलाउन कठिन हुने गरेको सम्झना गर्छन् । पछिल्लो समय अनलाईन मार्फत कारोबार सुरु गरेपछि भने सहजता भएको बताउँछन् । कागजी झण्झटिलो हटेको उनी बताउँछन् ।
प्रविधिको प्रयोग गर्दा बेलाबेला समस्या आउने उनको तर्क छ । पछिल्लो समय भ्याटमा फाईल अपलोड गर्दा ईरर आउँदा उनी लाईभ सपोर्ट लिने गर्छन् ।

शुक्रबार पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले आफ्ना सदस्यहरुलाई लेखा सम्बन्धी सफ्टवेयर एवंम वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले आफ्नो अनुभव सुनाए । उनी जस्तै धेरैले आफ्ना अनुभव र समस्या कार्यक्रममा सुनाउने र समस्या समाधानको उपाय सरोकारवालाहरुसंग लिन सफल भए ।

प्रविधिको प्रयोगबाट पारदर्शी, जोखिम न्यूनीकरण, समय बचतसंगै छिटोछरितो काम गर्न सकिने हँुदा सदस्यहरुलाई अभिमुखीकरण गरिएको एशोसिएशनका अध्यक्ष हिमाल गैरेले बताए । एशोसिएशनका अध्यक्ष गैरेले समयसापेक्ष सदस्यहरुको क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिदै आएको दाबी गरे । ‘सिकाई प्रभावकारी र निरन्तर जरुरी छ’—उनले भने ।

लेखा सम्बन्धी सफ्टवेयर एवं वित्तीय साक्षरता विषयक अन्तत्र्रिmया तथा अभिमुखीकरण कार्यक्रम तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी, नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका केन्द्रीय सदस्य राजु न्यौपानेले उद्घाटन गर्दै ब्यावसायिक हकहितमा संस्थागत पहल सधै जरुरी रहेको बताए ।

अभिमुखीकरण कार्यक्रममा माछापुच्छ्रे बैकका मन बहादुर गुरुङले बैकिङ प्रक्रिया, सहुलियत र ऋण सहयोगबारे प्रकाश पारे । पेट्रोलियम पदार्थको बिक्री कारोबारमा अनलाईन पेमेन्ट प्रविधि उपयुक्त रहेको उनले बताए । पोस्टबाट कार्ड प्रयोग गर्दा ट्रान्जेक्सनको ०.०७ प्रतिशत मात्र थोरै रकम काटिने र क्युआरबाट कर नकाटिने उनले बताए । १ लाख रुपैयाँ बराबरको ट्रान्जेक्सनमा ७ सय ५० रुपैयाँ नोमिनल चार्ज कार्डमा लाग्ने गर्छ । पोस्टमा स्वाबको विकल्प क्यु आर कोर्ड रहेको भन्दै यो सेवामा शुल्क नलाग्ने उनले बताए । नेपालमा भिसा, मास्टर कार्ड र युनियन पेय ३ प्रकारका कार्डहरु अन्तर्राष्ट्रिय प्रयोग हुँदै आएको उनले बताए ।

बिजि सफ्टवेयरका सुदिप खरेलले फिनपोसका सफ्टवेयर, कनेक्ट आईपिएस जस्ता सफ्टवेयर प्रयोगबारे जानकारी दिदै यसबाट सचेत हुनुपर्ने बिषयमा बताए । हाईटेक सोलुसन, स्वस्तिक सफ्टवेयरका पिताम्बर ज्ञवालीले शुरुका दिनहरुमा निक्कै कठिनाई ब्यहोर्नुपरेको बताए ।

आर्थिक वर्षको अन्त्यसंगै हिसाब मिलान (एयर ईण्ड) गर्नेजस्ता कुराहरु महत्वपूर्ण हुने बताए । बिक्री, खर्चजस्ता एकाउन्टेन्ट, डाटा ब्याकअप राख्ने तरिका लगायतका बिषयमा जानकारी दिए । स्वस्तिकका प्राविधिक माधव सुवेदीले आर्थिक वर्षको अन्त्यसंगै सफ्टवेयरको प्रयोग गरी एयर ईण्ड गर्ने, डाटाबेसका फाईदाका बारेमा बताए ।

लेखा परीक्षक नवराज श्रेष्ठले कारोबारलाई अनिवार्य अनलाईनमा जाने ब्यवस्था धेरै राम्रो र पारदर्शी भएको बताए । अनलाईन बिलिङ अझ सहज हुने दाबी गर्दै उनले शुरुवाती चरणमा अप्ठ्यारो हुने बताए । सिस्टममा ईन्ट्रिको विधि, खर्चमा के के देखाउन सकिन्छ, ब्यवसायसंग सम्बन्धित खर्चहरु देखाउन मिल्ने भएपनि यसको बिलभरपाई भने अनिवार्य हुने बताए । एशोसिएशनमा ३ सय १५ जना सदस्यहरु रहेको एशोसिएशनका महासचिव हरेराम कशौधनले बताए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?