ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

नेपालमा धान उत्पादनका अवस्था र समस्याहरु

१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार

किसानको लागि धान खाद्यान्न मात्र नभएर प्रतिष्ठा पनि हो । संसारमा साढे तीन अर्बभन्दा बढी मानिसहरुको खाना चामल हो । विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ । खाद्यबालीको रुपमा धान नेपालमा लोकप्रिय छ । हिमालदेखि तराई मैदानसम्म धानको खेती हुन्छ । आर्थिक वर्ष २०७८/७९ मा १४ लाख ४८ हजार हेक्टर जमिनमा धान खेति गरिएको थियो । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धान बाली लगाइन्छ । राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत रहेको थियो । यसमध्ये खाद्यान्न तथा अन्य बालीको हिस्सा करिब ४४.९५ प्रतिशत छ र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ । जीविकोपार्जनको दृष्टिले सबैभन्दा धेरै नेपालीहरु खाद्यान्न बाली उत्पादनमा केन्द्रित छन् र यी बालीहरु मध्ये धानले नेपालमा मुख्य प्राथमिकता पाउने गरेको छ । नेपालीको लागि चामल खाद्यान्न मात्र नभएर सामाजिक सम्पन्नताको प्रतिक पनि बनेको छ । अरु अन्न खानेहरुभन्दा चामलको भात खान पाउनेहरु सम्पन्न मान्छे हुन् भन्ने पुरानो भ्रमले गर्दा जताततै चामलको माग हुने गरेको छ । हिजोका दिनहरुमा जस्तै भात खानकै लागि पहाडदेखि तराईसम्म बसाई सर्नेक्रम अहिले कम भएपनि खाना खानु भनेको भात खानु हो भन्ने मानसिकता तराईदेखि हिमालसम्म बढ्दो छ । जनसंख्याको ठूलो हिस्सा खेतीपातीबाट पलायन र जनसंख्या वृद्धिको नेपालमा चामलको माग निरन्तर बढिरहँदा धान उत्पादनमा भने वृद्धि हुन सकेको छैन । पाँच दशक अघिसम्म नेपालबाट चामल निर्यात हुने गरेकोमा अहिले वार्षिक करिब ५० अर्ब रुपैयाँको धान र चामल विदेशबाट आइरहेको बताइन्छ । आर्थिक वर्ष २०६८/६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०७९/८० मा करिब ५४ लाख ८० हजार मेट्रिक टन मात्र धान उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ (आर्थिक सर्वेक्षण २०७९/८०) । थोरै खेतीयोग्य जमिन भएको नेपालजस्तो देशको लागि धान उत्पादनको यो परिमाण कम भने हैन । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको वार्षिक प्रतिवेदन २०७९ का अनुसार धान उत्पादनमा मधेश प्रदेश सबैभन्दा अघि छ । गतवर्ष देशको कूल धान उत्पादनको २७ प्रतिशत उत्पादन यहि प्रदेशमा भएको थियो । लुम्बिनी प्रदेशमा देशको १९.४८ प्रतिशत धान उत्पादन हुँदा र सुदुरपश्चिम र कर्णाली प्रदेशले देशको कूल धान उत्पादनको क्रमश ८.६१ र २.४४ प्रतिशत हिस्सा ओगटेका थिए । पछिल्ला ३ वर्षमा नेपालको धान उत्पादनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिस्सा घट्दै गएको देखिन्छ । पछिल्ला ७ वर्षमा धान खेती गरिने जग्गाको आकार निरन्तर रुपमा खुम्चिदै गएको छ । वि.स. २०७३ सालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भएकोमा वि.स. २०८० मा आइपुग्दा यो क्षेत्रफल एक लाख हेक्टरभन्दा बढीले घटेको छ । धान उत्पादन हुने क्षेत्रफलमा कमी आएको कारणले पछिल्लो ५ वर्षमा नेपालमा धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टनबाट ५४ लाख ८६ हजार मेट्रिक टनमा झरेको देखिन्छ । पछिल्ला वर्षहरुमा धानको उत्पादकत्व झिनो रुपमा वृद्धि भएपनि धानको उत्पादनमा खासै सुधार भएको छैन । नेपालमा धान उत्पादनमा अनियमितता आउनुमा प्राकृतिक र मानवीय दुवै कारणहरु जिम्मेवार देखिन्छन । प्राकृतिक प्रकोप, सिंचाइको अपर्याप्तता, मलखादको कमी र धान खेती गरिने जग्गाको क्षेत्रफलमा कमी जस्ता कारणले धान उत्पादन घटाउन भूमिका खेलिरहेका छन् । नेपालमा धानको कुल उत्पादन र उत्पादकत्व वर्षामा निर्भर रहिआएको छ । विगत केही वर्षको तथ्यांकलाई केलाएर हेर्दा मौसम अनुकूल भएका वर्ष धान चारदेखि पाँच लाख मेट्रिक टन बढी फलेको र मौसम प्रतिकूल भएका वर्ष यति नै मात्रामा घटेको देखिन्छ । अहिले पनि धेरै धानखेतहरुमा सिंचाइको व्यवस्था हुन सकेको छैन । नेपालको कूल २६ लाख ४१ हजार खेतीयोग्य जमिनमध्ये हालसम्म ५८ प्रतिशत जमिनमा मात्र सिचाई सुविधा पुगेको छ (आर्थिक सर्वेक्षण २०७९/८०) । ४२ प्रतिशत भन्दा बढी खेतीबारी सिचाइको लागि आकासे पानीमा नै निर्भर छन् भने खोलानदीमा आधारित सिँचाई प्रणाली पनि आकासे पानीमा नै निर्भर रहेको छ । राम्रोसंग वर्षा नभएको समयमा यी श्रोतबाट पानी उपलब्धतामा कमी आउने र खडेरीको समयमा भूमिगत पानी पनि उपलब्ध नहुने भएकोले धानबालीमा सिंचाई सुविधा पु¥याउन समस्या परिरहेको छ । मनसुनको समयमा हुने अनियमित वर्षाले गर्दा पनि धान खेतीले ठूलो नोक्सानी बेहोर्नुपर्दछ. । मनसुनजन्य प्राकृतिक प्रकोप (बाढी र पहिरो) को कारणले गर्दा वर्षेनी औशत ९० हजार हेक्टरको धानबाली नष्ट हुने गरेको छ । सामुदायिक वनमा चरिचरणमा रोक, स्याउला ल्याउन रोक तथा चरण क्षेत्रको कमीले गर्दा अचेल पशुपालनमा कमी आइरहेको छ । पशुपालन घट्दा प्रांगारिक मलको उत्पादन घट्न पुगेको छ र खेतको उर्बराशक्ति बढाउन रासायनिक मलको प्रयोग गर्ने प्रचलन बढ्दो छ । नेपालमा रासायनिक मल उत्पादन नहुने भएकोले किसानहरुले धान रोप्ने बेलामा कहिल्यै पनि पर्याप्त रासायनिक मल पाउँदैनन् । तराईमा खुल्ला सिमानाको कारणले भारतबाट केहि सहजरुपमा मलखाद ल्याएर प्रयोग गर्न सकिएपनि पहाडी क्षेत्रमा सधै मलको अभाव हुने गरेको छ । कृषि अनुसन्धान परिषदले झन्डै ५ दर्जन धानका जातहरु सिफारिस गरिसकेको छ । तर किसानहरुले हावापानी र माटो सुहाउदो यस्ता उन्नत जातका धानहरु प्रयोग नगरी पुरानो र भारतबाट आयातित कमसल धानको विउ प्रयोग गरिरहेका छन् । त्यसै गरी धान खेतीमा आधुनिक प्रविधिको प्रयोग अति न्यून छ । पछिल्लो दशकमा तराई, उपत्यका र पहाडका मैदानी भूभागका धान खेतहरु मासेर प्लटिङ गर्ने कार्यले निकै तिब्रता पाएको छ । पहिले धान फल्ने तराई र उपत्यकाका खेतहरुमा अचेल कंक्रिटका जंगलहरु ठडिएका छन् । प्राकृतिक प्रकोपको चपेटामा धान खेती हुने जमिन घट्ने तथा सिमाक्षेत्रमा बनाईएका भारतीय बाँधको कारणले दक्षिणी क्षेत्रका धान खेतहरु डुवानमा पर्ने क्रम बढ्दो छ । धान खेती लगाउन र स्याहार्नको लागि निरन्तर श्रमशक्ति उपलब्ध हुनुपर्छ । तर पछिला केही दशकयता खेतीपाती गर्ने मानिसहरुको संख्या निरन्तर ओरालो लागिरहेको छ । तीन दशक अघिसम्म करिब ७० प्रतिशत नेपालीहरु कृषिमा संलग्न रहेकोमा २०७८ मा आईपुग्दा यो संख्या ५०.४ प्रतिशतमा झरेको छ । श्रम शक्तिको कमी र सिंचाईको असुविधाले गर्दा पहाडमा धान खेती गर्न छोडिएको छ । यी सबै कारणले नेपालमा धान उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन । वि..सं. २०७८ को जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । नेपालमा खाने मुखहरु बढिरहेको बेलामा धान उत्पादन भने ओरालो लागिरहेको देखिन्छ । केन्द्रीय तथ्यांक विभागले गरेको जीवनस्तर सर्वेक्षण अनुसार एकजना नेपालीले वार्षिक १२२ केजी खान्छन । हरेक दिन दुबै छाक चामलको भात खाँदा र अन्य सास्कृतिक कार्य गर्दा एकजना मानिसलाई एक वर्षमा करिब १४५ किलो चामल भए पुग्छ । सबै हिसाब गर्दा नेपालमा वार्षिक ४० लाख टन चामलले भाते आवश्यकता पूरा हुन्छ । यो परिमाणको चामल नेपालमा उत्पादन हुने धानबाट सजिलै प्राप्त हुन्छ । यस हिसाबले हेर्दा धान उत्पादनमा नेपाल आत्मनिर्भर छ र खानको लागि चामल आयात गर्नुपर्दैन । तर असुरक्षित खाद्य भण्डारण र किरा तथा मुसाको कारणले ठूलो मात्रामा धान नष्ट हुने, तराईबाट भारततर्फ धान विक्री हुने र जाँड रक्सी बनाउने जस्ता काममा चामलको प्रयोग हुने भएकोले देशमा सधै चामल अभाव हुने र विदेशबाट मगाउनु समेत परिरहेको छ । कृषिप्रधान देशमा खानकै लागि यतिधेरै चामल आयात गर्नुपर्ने अवस्था वास्तवमै लाजमर्दाे कुरा हो । नेपालमा चामलको माग धेरै छ र आवश्यक उत्पादनको सम्भावना पनि प्रशस्त छ । तर, धान उत्पादन, भण्डारण र चामलको प्रयोगमा उचित ध्यान दिन नसक्दा नेपालमा हरेक वर्ष चामल अभाव र चामल आयात बढिरहेको छ । चामल जस्तो सर्वप्रिय खाद्यान्नको उत्पादन घट्दै जानु र आयात बढ्दै जानुलाई आर्थिक र सामाजिक दृष्टिले राम्रो भन्न सकिन्न । नेपालको हावापानी र यहाँको भूबनोट धान उत्पादनको लागि उपयुक्त भएकोले धान उत्पादनमा राज्य र जनस्तरबाट विशेष पहल हुनुपर्दछ । सबैभन्दा पहिले वस्ती विस्तारको नाममा धान खेत र ती खेतमा सिंचाई गर्ने कुलो मास्ने कार्यलाई तत्कालै रोक्नुपर्दछ । कृषि अनुसन्धान परिषदले माटोको अवस्था र पानीको उपलब्धतालाई विचार गरेर विकास गरेका उन्नत जातका धान रोप्ने कार्यलाई प्रोत्साहन दिनुपर्दछ । राज्यले किसानलाई सिंचाई, मलखाद र कृषि प्रविधिको प्रयोगमा सहयोग गर्नुपर्दछ । यी कार्यहरु गर्न सकियो भने नेपालमा धान उत्पादन बढाएर धान चामलको आयात प्रतिस्थापन गर्न अवश्य पनि सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?