ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

भैंसी पकेटले बढाउँला त्रिवेणीमा दुधको उत्पादन

१२ असार २०८०, मंगलवार
१२ असार २०८०, मंगलवार

सल्यान, १३ असार ।  स्थानिय तह, पशु सेवा कार्यालय र किसानको लागत साझेदारीमा माउ भैंसी वितरण गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकास्थित भैंसी पकेट क्षेत्रका किसानलाइ उन्नत जातका १५ माउ भैंसी वितरण गरिएको हो । ‘एक पालिका एक पशु वस्तु उत्पादन’ कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिका — ३, काराबासका शारदा भैसीपालक कृषक समुहमा आवद्ध किसानलाई उन्नत जातका भैँसी वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको ७० प्रतिशत, गाउँपालिकाको १० प्रतिशत र किसानको २० प्रतिशत लागतमा भैँसी ल्याइएर वितरण गरिएको त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले जानकारी दिए । पशु अस्पताल तथा पशु सेवा कार्यालयको १५ लाख रुपैया, त्रिवेणी गाउँपालिकाको ३ लाख रुपैया र समूहको ३ लाख ५० हजार गरी २२ लाख ५० हजार रुपैयाको लागतमा १५ भैँसी, मिल्क क्यान, वर्षे घाँसका बेर्ना, तालिम र मिनिरल वितरण गरिएको गाउँपालिकाको पशु विकास शाखाले जनाएको छ । आफूले लगानी नगरेसम्म नहुने भएकाले थोरै भएपनि किसानलाई लगानी गर्ने अभियान पालिकाले थालनी गरेको गाउँपालिका अध्यक्ष रावतको भनाई छ । त्रिपक्षीय साझेदारीमा काम गरिएकाले भैँसी पालन प्रभावकारी हुने उनको विश्वास छ । आफुले विगतदेखि भैँसी पालन गर्दै आइरहेको भन्दै स्थानिय कृषक खिम बहादुर शाहले थप उन्नत जातका भैँसी पाउँदा व्यवसायीक पशु पालनमा ठूलो मद्दत र हौसला मिलेको बताए । उत्पादन भएको दूध संंकलनका लागि दुग्ध सङ्कलन केन्द्र तथा चिस्यान केन्द्र पनि गाउँपालिकाले स्थापना गरिदिएकाले उत्पादित दुधको बजारिकरणमा समस्या नरहेको भैंसीपालक कृषकहरुको भनाइ छ । दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरूको आकर्षण बढाउन उन्नत जातका भैँसी वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जानकारी दिए । किसानको आर्थिक सामाजिक जीवन स्तर उकास्न र दूधमा जिल्लालाई आत्मनिर्भर बनाउन विगतका वर्षहरू झैँ यस वर्ष पनि व्यावसायिक किसानलाई भैँसी वितरण गरिएको उनको भनाई छ । कर्णाली प्रदेश सरकारले प्रति लिटर ५ रुपैयाँ अनुदान दिन थालेपछि व्यावसायिक भैँसी पालन गर्ने किसानहरूको संख्यामा समेत वृद्धि आएको महतको भनाई छ । यस वर्ष दूध उत्पादनमा वृद्धि गर्न त्रिवेणीमा १५, दार्मा गाउँपालिकामा १५ र बागचौर नगरपालिकामा १५ उन्नत जातका भैँसी वितरण गरिने कार्यालयले जनाएको छ।
सडक करीडोरलाई लक्षित गरी दुग्ध उत्पादन कार्यक्रमलाई अघि बढाईरहेको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जनाए । सडक करिडोर अन्तर्गत पालिकाको वडा नम्बर १, ३ र ६ लाई भैँसी पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनको भनाई छ । भैंसी वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढा, वडा नं ३ का वडा अध्यक्ष कर्ण बहादुर डागीले सामुहिक कृषिमा जोड दिन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?