© २०२३
बुटवल, १२ असार । नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
आर्थिक वर्ष २०८०–०८१ को बजेट निणायार्थ भोलि बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ ।
मुख्य सचेतक हितराज पाण्डले बजेट पारित गर्नका लागि संसदमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न सांसदहरुलाई निर्देशन दिएका हुन् ।
पाण्डले निकालेको सूचनामा लेखिएको छ, असार १३ गतेको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक ९वार्षिक बजेट०को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन ९ह्वीप० जारी गरिएको व्यहोरा अनुरोध छ ।’
अर्थमन्त्री डा प्रकाशशरण महतले १५ जेठमा बजेट पेश गरेका थिए ।