ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम विकास समिति ऐन २०८० पारित

सरकारको प्राथमिकतामा ‘रामग्राम स्तुपा’

१२ असार २०८०, मंगलवार
१२ असार २०८०, मंगलवार

नवलपरासी, १२ असार   विगत डेढ दशक देखी स्थानिय संघसस्थाले रामग्राम विकास समिति बनाउन गर्दै आएको माग रामग्राम नगरपालिकाले पुरा गरेको छ । रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम विकास समिति ऐन २०८० पारित गर्दै सो माग पुरा गरेको हो । लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तुपा तथा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरको विकासका लागि काम नगरेको भन्दै स्थानिय रामग्राम पर्यटन विकास सस्थाले छुट्टै विकास समिति वा कोष गठन गरि काम गर्न माग गर्दै आएको थियो । सस्थाले रामग्रामको भ्रमण गर्न आउने राष्टपति,उपराष्टपति,प्रधानमन्त्री तथा विभिन्न मन्त्रिसँगै रामग्राम विकासका लागि छुट्टै समिति बनाई काम गर्नु पर्ने माग उठाउदै आएको थियो । केही बर्ष विद्यालय, गाँउ, टोल तथा चोक चोकमा हस्ताक्षर अभियान समेत चलाएको थियो । तर संघिय सरकारबाट संस्थाले उठाउदै आएको माग सम्बोधन नभए पनि स्थानिय सरकारको रुपमा रहेको रामग्राम नगरपालिकाले सो माग सम्बोधन गरेको छ ।
नगरसभाबाट रामग्राम विकस समिति बनाउने र त्यसको छुट्टै कोष सञ्चालन गर्ने गरि ऐन बनाइको रामग्राम नगरपालिकाले सोही ऐन बमोजिम अहिले समिति गठन गरि काम अगाडी बढाने नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताए । जनताको जनादेशले बनेको यो नगर सरकारले जनताको भावना र चाहना अनुसार नै काम गर्छ,उनले भने, आफु निर्वाचित भएर आए पछि पहिलो नगरसभाले रामग्राम विकासका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको थियो । अहिले समितिको गठन प्रकृया, काम गर्ने कार्यविधि सहितको ऐन बनाइएको छ । नगरसभाले पास समेत गरि सकेको छ । निकट भविष्यमै समितिले पुर्णता पाउने र काम गर्ने छ ।
समितिको कार्यालय सञ्चालनका लागि रामग्राम स्तुपा नजिकै भवन र सभा तथा बैठक हल समेत बनिसकेको अवस्था छ । समिति गठन पश्चान नै स्तुपा क्षेत्रमा कार्यालय खोलिने कार्य प्रारम्भ गरिने छ । पुरातात्विक क्षेत्र भएको हुदा पुरातत्व सम्बन्धि ऐनसँग नबाझिने गरि स्तुपा क्षेत्रमा काम हुने उनले बताए । पुरातत्व विभागसँग परामर्श गर्दै काम गर्दै जाने उनको भनाई थियो । नगरपालिका प्रतिनिधि तथा सो क्षेत्रका विज्ञ,जानकार र काम गर्न क्रियाशिल ब्यतिmहरु सहितको समिति गठन हुनेछ । लुम्बिनी विकास कोष,लुम्बिनी प्रदेश सरकारको पर्यटन मन्त्रालय र संघिय सरकारसँग पनि समन्वय गरि काम हुने उनले आश्वस्त पारे ।
सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ,नगरप्रमुख यादवले भने,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्,लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो,रामग्राम स्तुपा ओझेलमा पर्यो । अब त्यो अवस्थाको अन्य हुने उनको भनाई थियो । पञ्चायत कालमा बनेको लुम्बिनी विकास कोष केन्द्रिकृत शासन प्रणाली चलेको कालको कानुन बमोजिम चल्ने गरेको छ । तर अब नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था आएको छ । तीन तहको सरकार बनिसकेको छ । स्थानिय सरकारको रुपमा नगरपालिका रहेको हुदा नगर सरकारको हैसियतमा विकासका लागि ऐन बनाएर कानुनी स्वरुप प्रदान गरिको छ । संघ,प्रदेशका कानुन,युनेस्कोको मान्यता अनुरुप नै नगरपालिकाले नबाझिने गरि काम गर्नेछ ।
रामग्राम नगरपालिकाले हालै बुद्ध पुर्णिमाको अवसर पारेर पहिलो पटक धातु जात्राको समेत सुभारम्भ गरि सकेको छ । सो कार्यलाई पनि निरन्तरता र ब्यापकता बनाउनका लागि पनि समितिको आवश्यकता थियो । विभिन्न दातृनिकायले समेत यस क्षेत्रमा काम गर्न इन्छुक रहेको हुदा ति संघसस्थासँग समन्वय,सहकार्य र पहल गर्नका लागि पनि रामग्राम विकास समितिले कामको थालनी गर्ने छ । रामग्राम स्तुपा लगायत जिल्ला भित्रका अन्य बौद्ध स्थललाई समेत समेटेर काम गर्ने लक्ष्य रामग्राम विकास समितिको रहने छ । रामग्राम नगरपालिकाको यो निर्णय र ऐन बनाई समिति गठन गर्ने कार्य ऐतिहासिक कदम भएको र स्वागत योग्य भएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास सस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए ।
‘नगरपालिकाको सो निर्णयको हामी स्वागत गछौ ।’—, उनले थपे —‘निर्णय गर्ने र ऐन बनाउने नगर प्रमुख यादव लगायत सम्पुर्ण नगरसभा प्रति आभारी पनि छौ ।’ नगरपालिकाको ऐन बनाउने कार्य प्रशंसनिय भएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । लामो समय अधुरो रहेको रामग्रामका नागरिकको चाहना नगरपालिकाले पुरा गरेको उनले बताए । यसले सार्थक बनाउन नागरिक र नगरपालिका मिलेर काम गर्नुपर्छ । भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुपा उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुपा संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?