ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

विद्युत प्राधिकरणको ३२ चार्जिङ स्टेशन तयार, परीक्षण सफल भएपछि सञ्चालनमा

११ असार २०८०, सोमबार
११ असार २०८०, सोमबार

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले धमाधम विद्युीय सवारी साधानको चार्जिङ्ग स्टेशन निर्माण गरिरहेको छ । प्राधिकरणले देशभर ५१ वटा चार्जिङ्ग स्टेशन निर्माणका अघि बढाएको थियो । तीमध्ये ३२ वटाको निर्माण सम्पन्न गरेको छ ।

भरतपुतर, खुर्काेट, सिन्धुली, रत्नपार्क, महेन्द्र पुलिस क्लव मुग्लीङ र बर्दिबास लगायतका ठाउँमा ३२ वटा चार्जिङ स्टेसनको निर्माण सम्पन्न भएको हो । प्राधिकरण स्रोतका अनुसार हाल सम्पन्न भएका स्टेशनमा चार्जर जाडान गरी परीक्षण गर्ने कार्य भइरहेको छ । ‘रत्नपार्क लगायतका की ठाउँमा चार्जिङ स्टेशन पुर्ण रुपमै सञ्चालनमा आएका छन् । अब परिक्षणमा रहेका अन्य आयोजनालाई पनि छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने तयारी छ’–प्राधिकरणले भन्यो ।

प्राधिकरणले मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा रहेका ठाउँमा चार्जिङ स्टेसन बनाउने काम अघि बढाएको थियो । त्यसमा गत भदौंमा प्राधिकरणको रत्नपार्क स्थित केन्द्रीय कार्यालय परिसरको चार्जिङ स्टेशन सञ्चालनमा आएको थियो । त्यसपछि हालसम्म आउँदा ३२ वटा चार्जिङ स्टेसन स्टेशन तयार भएको हो । साथै, अन्य १९ वटा चार्जिङ स्टेसन पनि छिट्टै सञ्चालनमा आउने प्राधिकरणको भनाइ छ । प्राधिकरणले बनाएका स्टेशनमा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार चार्ज गर्न सकिन्छ ।

प्राधिकरणले बनाएका र बनाउँदै गरेको स्टेशनलाई काठमाडौंबाट नै कन्ट्रोल गर्न सकिने प्रविधि राखिएको छ । गाडी चार्ज गरेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ ।

चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभिमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुनसक्छ । चार्जिङ बन्न थालेपछि विद्युतीय सवारी साधानहरु चार्ज गर्न सहज हुने गरेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले चार्जिङ स्टेसन बनाउन (निर्माण, आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारसहित) चीनको वाङवाङ डिजिटल इनर्जी कर्पाेरेसन लिमिटेड जियाङ्ससँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २०७७ चैतमा प्राधिकरणले उक्त कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । सोही अनुसार अहिले कम्पनीले यस्ता स्टेशनहरु बनाइरहेको छ । कम्पनीले सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार पनि गर्नुपर्नेछ । उक्त ५१ स्टेशन एसियाली विकास बैकको सहयोगमा निर्माण गरिएको थियो ।

विद्युतीय सवारी साधानको प्रयोग बढ्दै गएपछि प्राधिकरणले थप चार्जिङ स्टेशन बनाउने योजना पनि बनाइरहेको छ । साथै, यसको व्यवसाय गर्न निजी क्षेत्रलाई समेत खुला गरिएको छ । यसैगरि नेपाल प्रहरीले २५ स्थानमा चार्जिङ स्टेशन बनाउने गरि २०७९ भदौमै समझदारी भएको थियो । साथै, शशस्त्र प्रहरीसँगको सहकार्यमा १७ ठाउँमा चार्जिङ स्टेशन बनाउने गरि प्राधिकरणले गत भदौमै समझदारी गरेको छ ।

उक्त समझदारी कार्यान्वयनको चरणमा छ । निजी क्षेत्रबाट पनि चार्जिन स्टेशन बन्ने कामले तिव्रता पाएको छ । उक्त चार्जिङ स्टेशन हरु सञ्चालनमा आएपछि विद्युतीय सवारी साधानलाई सहजता प्रदान हुने बताइएको छ । साथै, पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?