© २०२३
काठमाडौं,४ असार । चार दल सम्मिलित समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा गरिएको छ ।
मोर्चामा प्रधानमन्त्री तथा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
मोर्चामा नेसपाका डा. बाबुराम भट्टराई भने परेनन् । राष्ट्रिय सभागृहबाट आयोजित एक समारोहमा मोर्चाको घोषणा भएको हो । मोर्चाले १५ बुँदे प्रतिबद्धता समेत जनाएको छ । कार्यक्रमको शुरुवातमा नेताहरुको अनुहारमा चमकता भने देखिएको थिएन । खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल,सम्मानित नेता झलनाथ खनाल लगायतको अनुहार मलिन देखिन्थ्यो ।