ट्रेंडिंग:

>> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै

दुरसञ्चार सेवा गुणस्तरीय र सस्तो बनाउन सरोकारवालाको सुझाव

३२ जेष्ठ २०८०, बिहीबार
३२ जेष्ठ २०८०, बिहीबार

बुटवल, ३२ जेठ । दुरसंचार सेवा बिस्तारसंगै आम नागरिकलाई यसको कानुन बुझाउन चुनौति रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन। नेपाल दुरसंचार प्राधिकरणको आयोजनामा बुटवलमा बिहिबार दुरसंचारसंग सम्बन्धित कानुन र समग्र दुरसंचार सेवाको वर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सेवालाई विशिष्टिकृत, सहज र स्तरवृद्धिमा जोड दिनुपर्ने बताए।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले एक समारोहका बिच उद्घाटन गर्दै संस्थाको सेवालाई थप
दुरसंचारका कानुनलाई संशोधन गर्न जरूरी रहेको बताईन। हरेक भुगोलमा बसेकाहरुले बिलासिता भन्दा पनि आवश्यकताको वस्तुका रुपमा मोबाइल र ईन्टरनेटहरु रहेको दाबी गरे।
नेपाल दुरसंचार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्तले सेवा र कानुनका बारेमा बुझाउने र सुझाव संकलन गर्ने रुपमा कार्यक्रम गरिएको बताए । दुरंचार कोष स्थापित गरि देशका बिभिन्न क्षेत्रमा सेवा लग्न थालेको बताए। संविधानबाट सुनिश्चित गरेको अधिकारका रुपमा सुचना प्राप्त गर्ने रहेको भन्दै तार काट्नेभन्दा पनि ब्यवस्थापन महत्वपुर्ण रहेको बताए।
अर्काको मुख ताक्नेभन्दा पनि आफै चनाखो हुनसके विकास र निकास टाढा नहुने उनले दाबी गरे। नेपालमा कोषको कारण विकास र‍ोकिएको नभई पर्याप्त रहेको बताए। दुरसंचार अर्को सरकारका रुपमा रहेको दाबी गर्दै कुनै बेला टु जिबाट आज फाईभ जि हुँदै सिक्स जि संचालनका कानुनहरु बनाउनेसम्मको काम गर्दै आएको उनले बताए। अहिलेको ग्राहक सचेत हुनुपर्ने आवश्कता रहेको भन्दै उनले प्राधिकरणबाट गुनासो

सेवाप्रदायकलाई जरिवाना र कारवाही गर्नेसम्मको अधिकार रहेको बताए।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मंच लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले उपभोक्ता सचेतना जगाउने खालका कार्यक्रम नियमित र निरन्तर हुनुपर्ने बताए। एउटा उपभोक्ताको दृष्टिकोणबाट हेर्दा ठगिने अवस्था रहेको र एशियामै सबैभन्दा महगो हावाको शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले बताए।
कार्यक्रममा रेग्मी सप्लायर्सका बिपिन शर्माले प्राविधिक पक्षमा काम गर्ने पक्षलाई कानुनको ज्ञान जरुरी हुनुपर्ने भन्दै निरन्तर यस्ता अन्तरक्रियाहरु फलदायी हुने बताए। दुरसंचार ऐनमा साइवर एक्टिभिटीलाई कडाईकासाथ जोड दिएको बताए। ऐन संसोधनहरुको क्रममा फाईबर ब्यवस्थापन महत्वपुर्ण रहेको भन्दै उनले कानुनले भनेजस्तो काम हुन नसकेको बताए। न्युन खर्चमा अण्डरग्राउण्ड ब्यवस्थापन गर्न सकिने सम्भावना रहेको भन्दै निर्माणको क्रममा संस्थाहरु बिच समन्वयको अभाव रहेको बताए। प्रविधिमा नेपाल अगाडि छन। युवाहरु धेरै उत्साही र अनुसन्धानकर्ताहरुले नया नया प्रविधि भित्र्याएको उनले दाबी गरे। सरकारले अनुसन्धानमुलक कार्यक्रममा बजेट बिनियोजन गर्न जरुरी रहेको बताए।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जेपि कंडेल, नेपाल बार एशोसियसन रुपन्देहीका अध्यक्ष शिवहरि अधिकारी, बुटवल उद्योग वाणिज्य संघका महासचिव बिमलराज भट्टराई, उपभोक्ता हित संरक्षण मन्चका लुम्बिनी प्रदेशका उपाध्यक्ष जमुना पोखरेल, रुद्र पोखरेल, घनश्याम रिजाल, केबल ब्यवसायी हरि पौडेलले उपभ‍ोक्ता र सेवाप्रदायक संस्थाबिच समन्वय अभाव रहेको भन्दै प्राधिकरण सहि ढंगबाट कार्यान्वयन गर्नुपर्ने सुझाव दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?