© २०२३
कुनैबेला गतिविधि शुन्यप्रायः अबस्थामा पुगिसकेको गढवा खानेपानी संस्थामा ब्यापक सुधार हुँदै गएको छ । गढवा खानेपानी संस्थाको अध्यक्षमा स्थानीय समाजसेवी लेखबहादुर थापाको जिम्वेवारीपछि अस्तब्यस्त अवस्थामा रहेको संस्थामा निकै सुधार भएको स्थानीयहरु बताउँछन् । देशभरमा ग्रामिण शहर छनौटंसंगै दाङको गढवा गाँउपालिकाको गढवा पनि परेको छ । नयाँ सहर छनौट पछि शहरका लागि आवश्यक पर्ने पूर्वाधारहरु एक पछि अर्को सम्पन्न हुदै गएको छ ।
गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जग्गाको खोजीगरि हाल कार्यालय भवन तयार गर्न सफल भएको छ भने ओभरहेड टैंकी निर्माणको पनि काम सुरु गरेको छ । संस्थाको कार्यालय भवनको बाउण्ड्रीवालको काम पनि सुरु भएको छ । गढवा बजार क्षेत्रमा सडक बिस्तारसंगै पाइपलाईन ब्यवस्थापन गर्ने र महसुल संकलन गर्ने काम पनि निकै तिब्र गतिमा ब्यवस्थित भएको स्थानीयले बताएका छन् ।
गढवा खानेपानी संस्थाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । साढे चार लाख लिटर क्षमताको ओभरहेड टैंकीको पनि शिलान्यास गरिएको छ । संस्थाका अध्यक्ष लेखबहादुर थापाको अध्यक्षता भएको कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख गुणानिधी पोखे्रलले भवन उद्घाटन तथा टैंकीको शिलान्यास एकै दिनमा गरेका हुन ।
जिल्ला खानेपानी डिभिजनको कुल ३७ लाख ९६ हजारको लागतमा प्रदेश न ५ का सांसद इन्द्रजित थारु तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवद्धारा शिलान्यास गरिएको भवन निर्माण सम्पन्न भएपछि उद्घाटन गरिएको हो । दुई कार्यालय कोठा,एक सभाहल,चर्पि वाथरुम र एक सचिवालय कक्ष रहेको सो भवन ९ महिनामा तयार भएको अध्यक्ष थापाले जानकारी दिए । यसैगरि जिल्ला खानेपानी डिभिजन कार्यालयको कुल २ करोड २९ लाखको लागत स्टिमेट रहेको खानेपानीको ओभरहेड टैंकी १ करोड ६६ लाख २४ हजार २६४ को ठेक्का टेण्डरमा तिरुपाते निर्माण सेवा प्रालीले काम सुरु गरेको छ । एक कार्यक्रमका बिच सो टैंकीको पनि सोमवार डिभिजन कार्यालय प्रमुख पोखे्रलले शिलान्यास गरेका हुन । शिलान्यास भएको १८ महिना पछि सो टैंकी तयार गर्ने संझौता भएको प्रमुख पोखे्रलले कार्यक्रममा जानकारी दिएका छन ।
यसैगरि खानेपानी कार्यालय र टैंकीको थप सुरक्षा अबस्थालाई मध्यनजर गर्दै जनश्रमदान समेत कुल ३९ लाख ८० हजारको लागतमा बाउण्ड्रीवाल निर्माण हुन थालेको पस्तनरनि संस्थाका अध्यक्ष लेखबहादुर थापाले जानकारी दिएका छन ।यसै गरि सडक संजाल ,विद्युत सेवन विस्तार लगायतका संरचनाहरु निर्माण भइ सकेका छन ।