ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

बालश्रममुक्त हुँदै रोल्पाको त्रिवेणी

१३ आश्विन २०७७, मंगलवार
१३ आश्विन २०७७, मंगलवार

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीलाई काठमाण्डौ ईटाभट्टामा श्रम गरिरहेका वालवालिकालाई फिर्ता गर्नु फलामको चिउरा चपाउनु जस्तै थियो । विद्यालय उमेरका ती वालवालिका फिर्ता गरेर विद्यालय भर्ना गर्ने उनको चुनावी प्रतिवद्धता थियो । गाउँपालिका एक्कैले उक्त कार्य गर्न सम्भव थिएन । उनले ती वालवालिकालाई फिर्ता गरेर विद्यालय भर्ना गर्नका लागी वालवालिकाको क्षेत्रमा काम गरिरहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनलाई आग्रह गरे ।

गाउँपालिका अध्यक्षको आग्रह वमोजिम सेभ द चिल्ड्रेनले स्थानीय गैर सरकारी संस्था मानव अधिकार सचेतन केन्द्र मार्फत सो गाउँपालिकामा ३ वर्ष भित्र गाउँपालिकालाई वालश्रममुक्त वनाउने कार्यक्रममा सघाउन तयार भयो । गाउँपालिकाको अगुवाईमा मानव अधिकार सचेतन केन्द्र रोल्पाको सामाजिक परिचालन एवम प्राविधिक सहयोग र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा गाउँपालिकामा बालश्रम,शिक्षा, र जीविकोपार्जन संवन्धी एकीकृत कार्यक्रम संचालन गरियो ।

गरिवी र देखासिकीका कारण पढाई छोडेर ईटाभट्टा जाने प्रवृद्धी वढ्दै गईरहेको थियो । वावुआमा संगै वालवालिका पनि काठमाण्डौका ईटाभट्टा जाने र वालश्रमिकको रुपमा त्यतै काम गर्ने क्रमले निरन्तरता पाईरहेको थियो । समुदायमा अभिभावक शिक्षा कार्यक्रम र विद्यालयमा वालक्लवहरु गठन गरेर उनीहरुकै अगुवाईमा वालश्रममा जान नदिनका लागि विभिन्न अभियानहरु संचालन गरिए । समुदायमा वालश्रममा जान लागेको थाहा पाउने वित्तिकै नजिकको प्रहरीलाई खवर गर्ने संयन्त्र वन्यो । यसको लागि वालक्लवहरुको सक्रिय भूमिका रह्यो ।
वडा र गाउँपालिका स्तरमा वाल संरक्षण समिति निर्माण गरियो । यसैगरि वालश्रममा जान किन वाध्य छन वालवालिका भन्ने कुराको सत्य तथ्य पत्ता लगाउन घरधुरी सर्वेक्षण गरियो । सर्वेक्षणले अभिभावकको गरिवी र साथीभाईको देखासिकीका कारण वालश्रममा जाने गरेको परिणाम देखायो । सर्वेक्षणमा विद्यालय उमेरका २२७ जना वालवालिका काठमाण्डौका विभिन्न ईटाभट्टा र होटेलहरुमा वालश्रमिकको रुपमा रहेको तथ्यांक देखियो ।
३ वर्ष भित्र कम्तिमा ९० प्रतिशत वालश्रम अन्त्य गर्ने र ५ वर्ष भित्र शतप्रतिशत वालश्रम अन्त्य गर्ने गाउँपालिकालाई वालश्रम मुक्त घोषणा गर्ने गाउँपालिकाले रणनैतिक योजना तय गर्यो । पंचवर्षिय रणनैतिक योजनाका साथै यस अवधिमा गाउँपालिकाले वालवालिका संवन्धी विभिन्न ५ वटा कानुनहरु समेत तर्जुमा गर्यो ।
बालश्रममा गएका मध्ये २०५ वालवालिकाहरु फर्किसकेका छन । फर्केका मध्ये १७३ जना विद्यालय भर्ना समेत भईसकेका छन त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भने । यसरी फर्किएका बालवालिकाहरुलाई विद्यालयमा टिकाई राख्न सेभ चिल्ड्रेनको सहयोगमा शैक्षिक सामाग्री, विद्यालय पोशाक तथा उनीहरुका अभिभावकलाई वाख्रापालन कुखुरा पालन, तरकारी खेती जस्ता आय आर्जनका कृयाकलापमा सहयोग गर्यौं गाउँपालिका अध्यक्ष वलीले भने ।

परियोजना अवधीभर सेभ द चिल्ड्रेनको सहयोगमा २९ घरधुरीलाई वंगुरपालन, ७४ घरधुरीलाई कुखुरापालन र १२६ घरधुरीलाई वाख्रापालनमा सहयोग भएको थियो । यसैगरि १० जनालाई कपालकाट्ने तालिम, २३ जनालाई हाउस वायरिङ, १५ जनलाई डकर्मी, १० जनालाई सिकर्मी, ९ जनालाई खाजा नास्ता, ९ जनालाई व्यूटीपार्लर, १६ जनालाई सिलाईकटाई र ४ जनालाई मोटरसाईकल मर्मत तालिम दिएको थियो ।
अमृता वुढाथोकी शिक्षा अधिकृत त्रिवेणी गाउँपालिका रोल्पा बालश्रममा गएमा मध्ये ८५ प्रतिशत वालवालिका फर्किसकेका छन त्रिवेणी गाउँपालिका शाखा अधिकृत अमृता वुढाथोकीले भनिन । फर्किएका मध्ये अधिकांश विद्यालय भर्ना समेत भएका छन वुढाथोकीले भनिन । सतप्रतिशत उपलव्धी हासिल गर्न गाँपालिका योजना सहित अघि वढेको वुढाथोकीको भनाई छ ।
विद्यालय छोडेर बालश्रममा गएका वालवालिकाहरुलाई फर्काउने अभियानमा गाउँपालिका भित्रका विद्यालयहरुले समेत ठूलो योगदान गरेका छन जनजागृती मावि जुगारका प्रधानाध्यापक जीवराज भण्डारीको भनाई छ । अभिभावक सचेतीकरणमा विद्यालयका शिक्षकहरुको भूमिका महत्वपूर्ण रह्यो प्रधानाध्यापक भण्डारीले भने । वालश्रमवाट फर्किएर विद्यालय भर्ना भएका वालवालिकाहरुका लागी गरिएको शैक्षिक सहयोग र उनीहरुका अभिभावकलाई दिएको आयआर्जन सहयोगले उनीहरुको पठन पाठनमा सहयोग गरेको छ भण्डारीले भने ।

बालश्रम न्यूनिकरण विद्यालयमा वालक्लवहरुले पनि महत्वपूर्ण भूमिका खेलेका थिए । बालश्रममा जानथालेको थाहा पाउने वित्तिकै नजिक रहेका स्थानीय सरकार र प्रहरी यूनिटहरलाई खवर गरेर वाटैवाट फिर्ता गरेका थियौ गाउँपालिका स्तरीय वालक्लव संजालका अध्यक्ष भरत वुढाथोकीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?