© २०२३
पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोटमा अविरल वर्षापछि खसेको पहिरोले बिहीबार बिहान ३ घर पुरिँदा २ परिवारका ६ जना बेपत्ता भएका छन् ।
फोक्सिङकोटको बेलौजा स्वास्थ्य चौकी नजिकै माथिवाट खसेको ठूलो पहिरोले दुई घर र सुरुमडाँडामा १ घर गरि ३ घर पुरिएको हो । हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएको वडाध्यक्ष उमानसिंह सारुले जानकारी दिए ।
अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी हुन् । घटना थाहा पाउना साथ उद्धारकोलागी विहानै जिल्ला प्रहरि कार्यलय पाल्पावाट एस।पी। सन्तोष भट्राई सहितको टोली घटना स्थल तर्फ गएको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ । अविरल वर्षाका कारण खोजी कार्यमा समस्या भएको र थपजानकारी भने आउनवाकी रहेको रम्भा गाँउपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिएका छन् ।