© २०२३
बुटवल,२२ जेठ । ५०औं विश्व वातावरण दिवसको अवसरमा लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले प्रदेश राजधानी दा–को राप्ती गाउंपालिका वडा नं ३ स्थित राजधानी परिसरमा सरसफाई गरेको छ । यस्तै मन्त्रालयले फोहोर संकलनका लागि १० वटा डस्टबिन वितरण र प्लास्टिकका बोतलहरु संकलन गर्ने केज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि राखेको छ । हालसम्म प्रदेश राजधानीमा फोहोर व्यवस्थापन संयन्त्र स्थापना नभएकाले प्लाटिष्टकजन्य फोहोरहरु यत्रतत्र फालिंदा राजधानी फोहोर भएकाले गाउंपालिकाले तत्काल वातावरणमैत्री तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्नेमा प्रदेश सरकारका निमित्त प्रमुख सचिव सुमन अर्याल र वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले जोड दिनुभएको मन्त्रालयका वातावरण निरषिक निर्मल चौधरीले जानकारी दिए ।