ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

रातीको निषेधाज्ञाले रोकेन कोरोना

१२ भाद्र २०७७, शुक्रबार
१२ भाद्र २०७७, शुक्रबार

रातभर निषेधाज्ञा गरेको तुलसीपुर उपमहानगरपालिकामा समुदायस्तरमा कोरोना देखिएको छ । तुलसीपुर उपमहानगरपालिका भित्रका ४ जना समुदायमा रहेका मानिसहरुका कोरोना संक्रमण देखिएको हो ।

उपमहानगरपालिकाका १ जना स्वास्थ्यकर्मी, कन्ट्याक्ट टे्सिङ्गका आधारमा चेकजाँच गरिएका घरमै बसेका १ जना, काठमाडौबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका १ जना र अर्का एकजना सरकारी कार्यालयका चालकमा कोरोना संक्रमण देखिएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।

केसीका अनुसार अन्य क्वारेन्टाइनमा रहेका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । यो सहित सोमबार तुलसीपुरमा ७ जनाको कोरोना पोजेटिभ आएको छ । क्वारेन्टाइनमा बसेका र समुदायस्तरका अन्य ९६ जनाको भदौ ७ गते स्वाब संकलन गरिएको थियो ।

त्यस्तै यसअघि घोराहीमा पनि समुदायस्तरमा कोरोना भेटिएको थियो । कर्णाली विकाश बैङ्कका १ जना कर्मचारी र लक्ष्मि बैङ्क ३ जना कर्मचारीमा कोरोना भेटिएसंगै घोराहीमा पनि समुदायमा संक्रमण फैलिएको हो । समुदायस्तरमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उपमहानगरपालिकामा आपतकालिन बैठक बसेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले तत्काल कोरोना परिक्षणको दायरा वढाउने निर्णय गरेको छ । यसका साथै संक्रमण देखिएका कार्यालयहरु पूर्णरुपमा शिल गर्नका लागि सम्वन्धित निकायसँग पहल गर्ने निर्णय गरेको छ । “तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना संक्रमण पोजेटिभ आएकाले कम्तीमा पनि ७ दिनसम्म कार्यालय सिल गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुरा भएको छ” नगरप्रमुख पाण्डेले भने ।

उनले वडा नम्वर ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि उक्त कार्यालय पनि सिल गरिने जानकारी दिए ।
यसैविच तुलसीपुर उपमहानगरपालिकाले ठूलो परिमाणमा सामुदायस्तरमा कोरोना परिक्षण गर्ने भन्ने निर्णय भएको नगरप्रमुख पाण्डेले जानकारी दिए । “अहिलेलाई तत्काल कन्ट्याक्ट टे«सिङ्ग र सामुदायिक स्तरमा धेरै संख्यामा परिक्षण गरिने छ त्यसपछिको नतिजा अनुसार काम हुन्छ” पाण्डेले भने । उनले समुदायमा कोरोना परिक्षणको प्रक्रिया तत्काल अगाडि वढाइएको बताउदै संक्रमणको अवस्था हेरेर लकडाउनको अवस्थामा पनि हेरेफेर गरिने वताए । जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहेक घरमै वसिदिन समेत मेयर पाण्डेले सबैलाई अनुरोध गरेका छन् । वडा कार्यालयदेखि सबै सरकारी कार्यालयहरुमा पनि संवेदनशिलता अपनाउन उनले अनुरोध गरे ।

यसैविच तुलसीपुरमा युवाहरुले मौन प्रर्दशन गरेका छन् । प्रदर्शनकारीले सबैको पिसिआर चेकजाँच गर्न र लकडाउन प्रभावकारी बनाउन माग गरेका छन् । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरुले कि पुरै लकडाउन गर, हैन भने बेलुकी ७ बजेदेखि विहान ५ बजेसम्मको लकडाउन पनि हटाउ भन्ने खाले सन्देश दिने प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । युथ अफ तुलसीपुरका एडमिन अरुण लहरेले बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म मात्रै गरिने लकडाउनको औचित्य नरहेको बताए । “के रातिमा मात्रै कोरोना भाइरस सर्ने हो र, कि पुरै लकडाउन गरियोस हैन भने रातिमा मात्रै नगरियोस भन्ने हाम्रो माग हो” लहरले भने ।

प्रदर्शनकारीहरुले भ्रष्टचार अनियमितताको विरोध हुने खाले प्लेकार्ड मात्रै मात्रै हैन ‘हेलो सरकार सम्धी खै’ भन्ने खालका प्लेकार्ड पनि बोकेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?