© २०२३
हतियारधारी समुहले धम्क्याएपछि शितगंगा नगरपालिकाका एक वडा अध्यक्षले गाउ छाडेका छन् । वडाको भिडियो डकुमेन्ट्री (वृत्तचित्र) बनाउन बस्तीमा जाने क्रममा दोबाटो र चाबनेटाको जंगलमा पेस्तोल सहितका हतियारधारीले घेराबन्दी गरेर धम्क्याउँदै साथमा रहेको सबै सामान लुटेर लगेपछि शीतगंगा नगरपालिका– ११ का वडाध्यक्ष कपिल आलेले वडा छाडेका हुन् । यस अघि पनि पटक–पटक पेस्तोल देखाउदै अपरिचित समुहले धम्क्याउदै आएको थियो ।
शनिवार दिउँसो पेस्तोल सहितका हतियारधारी समुहले आक्रमण गरेका थिए । हतियार समुहबाट लुटिएपछि असुरक्षाको महसुश गर्दै वडाध्यक्ष आलेले जिल्ला छाडेका हुन् । क्यामरामेन तथा स्थानीय रातोप्रेस अनलाइनका पत्रकार मनिष खनालको नाक र आँखामा मुक्का हानेका थिए । आले सहित सबैलाई पेस्तोल तेर्साएर साथमा भएको क्यामरा, नगद, मोवाइल सहितका सबै सामान लुटेर लगेका हुन ।
छरिएर रहेको बस्तीलाई एकीकृत वस्तीको रुपमा विकास गर्नको लागि वडाबासीको भनाई र भूगोलको भिडियो खिच्न पैदल हिडेर दोबाटो गाउँमा जाने क्रममा पेस्तोल भिरेका अपरिचित समुहले हामी प्रगतिशित युवा क्वलका मान्छे हौं, हाम्रो अनुमति विना किन हिडेको भन्दै लुटपाट गरे, वडाध्यक्ष आलेले भने । चारदिन देखि उनीहरु टोलमा भिडियो खिच्न डुलेका थिए ।
जिल्लाको २७ प्रतिशल भूगोल ओगछटेको सिद्धारा गाविस नयाँ संरचनापछि ३ वडामा विभाजन भएको छ । सिद्धारा अन्तरगतको वडा ११ मा छरिएर रहेको पातलो बस्ती छ । पुरै वडा घुम्न दुई दिनमा भ्याइदैन । जंगल धेरै, भौगोलिक जटिलता र छरिएर रहेको घर छन् । खानेपानी, विद्यतु विस्तार, सिचाइ“, मोटरबाटो लगायत पूर्वाधार विकासका काम गर्न असहज भएपछि खेतीयोग्य समथर ठाउ“मा बस्ती बसाल्नको लागि सबै वडाबासीको रायसुझाव संकलन गर्न र पुरै भूगोलको भिडियो खिचेर डकुमेन्ट्रीको बनाउन वडाका सबै बस्ती भ्याएर दोबाटो जान थालेका थियौं, वडाध्यक्ष आलेले भने ।
उनीहरुको साथबाट १ थान ड्रोन क्यामरा, ३ वटा क्यामरा, पर्स सहित मेरो एटीएम कार्ड, लाइसन्स परिचयपत्र सहित शरिरमा लगाएका कपडा पनि खोल्न नलगाएर लगेको उनले बताए । नगद ३० हजार पनि लुटे । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगतको हस्ताक्षर भैसकेको दुई लाख २२ हजारको चेक पनि लगेको उनले बताए । वडाध्यक्षसँग रहेका आठ जनाको नागरिकता पनि लगे ।
वडामा खयरभट्टी, फोर्सल, मुल, लामाद्धिप, चावादिप, खर्क, सेमलद्धिप, चिउरीदमार, गाइघाट, बोक्के, ढाउले पाटा, चावेनेटा लगायतका बस्तीका सबै घर छरिएर रहेका छन् । एकीकृत बस्ती विकास गरेपछि स्कुल, स्वास्थ्य चौकी, खानेपानी, यातायात सुविधा, सञ्चार लगायतका काम गर्न सहज हुन्छ, त्यसैले घरैपिच्छे भेटेर रायसुझाव संकलन गरेपछि नगरपालिका, संघ र प्रदेश सरकारलाई देखाउन भिडियो डकुमेन्ट्री बनाउन हिडेका थियौं, उनले भने ।
यसभन्दा अघि अपरिचित व्यक्तिले वडाको विकास किन गरेको भन्दै पेस्तोल देखाएर घम्क्याउने काम पनि गरेका थिए । यो पटक लेटपाट गरे, उनले भने ।
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले अर्घाखा“ची र कपिलवस्तुका सुरक्षाकर्मीले जंगलमा चारैतिर परिचालन गरिएको बताए । सन्धिखर्कबाट प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीको नेतृत्वमा प्रहरी सिद्धाराको जंगलमा खोजीकार्य गरिरहेको उनले बताए ।