© २०२३
पूर्व पश्चिम राजमार्ग अन्र्तगत दाङको भालुवाङदेखि लमहीसम्मको सडक मर्मत नहुँदा जिर्ण बनेको सडकमा खाल्टा खुल्टीले आवत आवतमा निक्कै कठिनाइ छ ।
सडकको अवस्था जीर्ण बनेपनि सडक डिभिजन कार्यालय मुखर्दशक बनेको भन्दै यहाँका स्थानियवासीहरुले बिरोध स्वरुप सडकमै केराको बोट रोपेर बिरोध गरेका छन् । गत वर्ष देखिनै पटक पटक राजमार्ग मर्मत गर्न माग राख्दै आएपनि सुनुवाइ भने भएको छैन् ।
लमही नगरपालिका वडा नम्वर १ नर्तिका बासीन्दाहरुले विच सडकमा केराको बोट लगाउदै सम्वन्धीत निकायको ध्यान आकर्षण गराएको बताएका छन । नर्ति निवासी घनश्याम खनाल भन्छन्, सडकको विच विचमा खाल्डा छन, मर्मत भएन त्यसैले बिरोध स्वरुप केरो रोप्यौं । यस्तो बाटोमा गाडी चलाउदा दुर्घटना हुने देखेर ध्यानाकर्षणका लागि सडकमै केरा रोपेको उनको भनाई छ ।
हामी गत वर्ष पनि सडक डिभिजन कार्यालय दाङ, सडक विभाग सम्म सडकको अवश्थावारेमा डेलिकेशन गयौं ध्यान आकर्षण गरायौ तर आश्वासन मात्रै पायौ खनालले भने ।
स्थानिय निकाय असारे बजेट खर्च गर्न धमाधम सडक निर्माणमा दौडधुमा लागेपनि राजमार्ग स्थानिय निकाय अन्र्तगत नपर्ने उनिहरुले बताउँदै आएका छन । नर्ति जस्तै भालुवाङदेखि लमहीसम्म अधिकांश स्थानमा सडक जिर्ण बनेको छ । दाङ प्रदेश नं. ५ का मुख्यमन्त्रीको गृह जिल्ला हो ।