ट्रेंडिंग:

>> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने

तिलोत्तमामा ट्राम रेल : स्थानीयको अवरोध हटाउने प्रयासमा नगरपालिका

१ जेष्ठ २०८०, सोमबार
१ जेष्ठ २०८०, सोमबार

बुटवल, १ जेठ ।

नयाँ नयाँ काम र योजना तय गर्ने स्थानीय तहमा पहिलो नम्बरमा पर्छ रुपन्देहीको तिलोत्तमा नगरपालिका । यही पहिलो हुने सोचका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्राम रेल योजना सुरु भएको छ । तीन वर्षअघि तिलोत्तमामा नगरपालिकाले लगानी सम्मेलनमा गरेको प्रतिबद्धताअनुसार ट्राम रेल संचालन योजना अगाडि बढेको हो । रेल योजनाको गत पुसमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिलान्यास गरेका थिए । सरकार र नागरिकको संचालनमा चलेको रेल्वे सेवा देशकै नमूना हुने नगर प्रमुख खाँणको भनाइ छ ।

तर, शिलान्यास गरेर काम अगाडि बढ्ने क्रममा स्थानीयको अबरोधका कारण काम रोकिएको छ । नगरपालिका अहिले समन्वय गरेर काम अगाडि बढाउने क्रममा छ । नगरप्रमुख रामकृष्ण खाँणका अनुसार स्थानीयले ठुलो रेल जस्तो आवाज आउने होहल्ला हुने हो कि भन्ने सोचका कारण काममा अवरोध गरेका हुन् । तर यो इलेक्ट्रिक सिस्टमको हुनाले आवाज आउँदैन । आवाज नआएपछि स्थानीयलाई ध्वनी प्रदुषण हँुदैन । यो वातावरण मैत्री पनि छ । धुवां धुलो पनि निस्कदैन । नगरपालिकाले रेलवे क्षेत्रका नागरिकलाई यो कुरा बुझाउन र योजना अगाडि बढाउन तयारी गरेको छ । यही आर्थिक वर्षबाट प्रारम्भिक केही काम अगाडि बढ्ने नगर प्रमुख खाँणले बताए ।

रेल्वेमा ५ सय ५० जना संस्थापक सदस्य रहेका छन् । कुल ८ अर्ब लागतमा नगरभित्र ५० किलोमिटरको दूरीमा रेल सेवा सञ्चालन हुनेछ । जसमा लुम्बिनी प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र नागरिकबाट ४९ प्रतिशत लगानी जुटाइने छ ।

तिलोत्तमा चक्रपथको ४३ फिट भित्री बाटोको छेउँमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन गरिनेछ । १४ फिट ट्राम रेलको चौडाइले ओगट्ने छ । त्यसमा ५ फिटको ट्रयाक हुनेछ । १० फिट डिब्बाको चौडाइ हुनेछ भने त्यसमा दायाँ बायाँ दुई र तीन फिट छोडिनेछ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डीपीआर बनाएको कम्पनीले एक वर्षभित्र ४ किलोमिटरको तयारी पूरा गरेर रेल सञ्चालन लक्ष्य लिएको छ । प्रबन्ध सञ्चालक शर्माले ट्राम रेल वातावरण मैत्री हुने र पर्यटकीय विकासमा सघाउने बताए ।

यो विद्युतबाट चल्ने लाइट रेल्वे हो । एउटा रेलमा ५ वटा डिब्बा हुने छन् । शर्माले भने ‘यो सिटी रेल हो, मेट्रो जस्तै स्टाण्डर गेजको हुन्छ । मनोरञ्जन दिने पर्यटकीय रेल भएकाले गति केही कम हुनेछ ।’ जुन ३ वटा बसको साइजमा नै हुन्छ ३ बटा डिब्बा जसमा २०० जना चढ्न मिल्ने हुन्छ । जसको स्पिड १५ देखि २० प्रति किलोमिटर हुने छ ।

नगरपालिकाले बनाएको योजना अनुसार ट्राम रेल १२ वटा ट्राममध्ये ६ वटा पश्चिमबाट टाइगर प्यालेस हुँदै रिङरोड र ६ वटा पूर्वमा योगीकुटी रोहिणी जलासयतर्फ चल्ने छन् । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाइवेलाई जोड्ने गरी स्तर वृद्धि र विकास गर्ने शर्माले बताए ।

ट्राममा एक पटकमा २ हजार ५ सय जना चढ्न मिल्ने छ । रेलको सेवामा दैनिक ३० हजार गरी वर्षमा १ करोडले सेवा लिने तथा सामान ढुवानी लगायतको काम गर्ने लक्ष्य छ । यसबाट वार्षिक १ अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर १ अर्ब वचत हुने कम्पनीका निर्देशक शर्माले जनाए । परियोजना सुरु भएपछि १ सय जना स्थायी कर्मचारीले रोजगार पाउने छन् । नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले नगर रेल नागरिकको यातायात सुबिधा, रोजगारी र वातावरणीय सन्तुलनसंग जोडिएको नविन योजना भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?