ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

सिद्धार्थ जेसिजमा विवाद: बैधानिक अध्यक्षको खोजी

३१ असार २०७७, बुधबार
३१ असार २०७७, बुधबार

रुपन्देहीको सिद्धार्थ जेसिजमा अध्यक्ष पदमा चरम विवाद छताछुल्ल भएको छ । एक पक्षले साधारण सभाबाट अध्यक्ष भएको र अर्को पक्षले उमेरमा दाबी बिरोध गरेका कारण आफु स्वतः अध्यक्ष भएको दाबी गरेका कारण विवाद बढ्दै गएको हो ।

७६ साल माघ ४ गते ४४ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा दुई अध्यक्षको उम्मेदवारी परेर निर्वाचन समितिले मंगल भण्डारीलाई अध्यक्ष घोषणा गरे पछि अर्का अध्यक्षका प्रत्यासी भुवन राणाले उमेर बढी भएका कारण दाबी बिरोध गरे पछि विवाद छताछुल्ल भएको पाइएको छ ।

जेसिजको बिधानमा ४० वर्ष उमेर कटेको अध्यक्ष बन्न नपाउने नियम भएका कारण आफूले दाबी बिरोध गरेको हुँदा अन्य अध्यक्षको प्रत्यासी नभएका कारण आफू स्वतः अध्यक्ष भएको भुवन राणा बताउँछन् । नेपाल जेसिजको संचालक समितिको दोस्रो बैठकमा सो समितिले निर्वाचन प्रक्रियामा अर्का उम्मेदवारले उमेर हद नाघेकाले अध्यक्ष पदका लागि अयोग्य घोषित गरि दाबि बिरोधको प्रक्रिया सम्म निर्वाचन बैधानिक रहेको तर दाबी बिरोध पश्चातको निर्वाचन अबैधानिक रहेको राणाले दाबी गरेका छन् ।

दाबी बिरोधको प्रक्रियाबाट अंघि बढ्नुपर्ने प्रतिबेदन पेश गरे पश्चात संचालक समितिले निर्णयको सम्पूर्ण अधिकार सर्व सम्मतरुपमा नेपाल जेसिज सचिवालयलाई प्रत्यायोजन गरेको राणाले जानकारी गराएका छन् ।

कुनैपनि पदमा एकजना मात्र उम्मेदवार भएको खण्डमा त्यस्तो उम्मेदवारलाई निर्विरोध निर्वाचित घोषणा गरिनेछ भन्ने ब्यवस्था अनुरुप नेपाल जेसिजबाट सिद्धार्थ जेसिजको विषयमा सिद्धार्थ जेसिज वर्ष २०२० को अध्यक्षको पदका लागि भुवन राणा नेपाल जेसिजले बैधानिकता प्राप्त गरेको दावी गरेका छन् ।
२०१८ सिद्धार्थ जेसिजको अध्यक्ष तथा २०१९ को नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष भएका कमल भण्डारीले उमेर हद भएका कारण अध्यक्षका प्रत्यासी भुवन राणानै सिद्धार्थ जेसिजको अध्यक्ष भएको दाबि गर्छन । उनले भने, अर्का अध्यक्षका प्रत्यासि मंगल भण्डारी उमेर ४० वर्ष भन्दा माथि भएका कारण अध्यक्ष हुन सक्दैन तसर्थ स्वतः अध्यक्ष भुवन राणा नै हो ।

साधारण सभाका अध्यक्षका प्रत्यासी भुवन राणाले आफु नै बैधानिक अध्यक्ष भएको दाबी गरेका छन् भने उता साधारण सभाबाट अध्यक्ष भएको र प्रमुख निर्वाचन आयुक्त डाक्टर सम्भु कुमार गुप्ताबाट अध्यक्ष भएको आधिकारीक प्रमाण पत्र पाएका कारण आफू नै अध्यक्ष भएको मंगल भण्डारी बताउँछन् । पहिलेको पनि उमरे हेरियोस म बैधानिक अध्यक्ष हो चुनाव जितेर अध्यक्ष भएका कारण म नै बैधानिक अध्यक्ष हो भण्डारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?