© २०२३
बुटवलको लक्ष्मी पार्कमा बृक्षरोपण गरिएको छ । पार्कलाई हरियाली बनाउने उद्देश्यले सधै हरियो रहने खालको विरुवा लगाइएको पार्कका कार्यवाहक अध्यक्ष दुर्गा शर्माले जानकारी दिए ।
करिब ६० हजार रुपियाँ बराबरको बिरुवा लगाइएको र बृक्षरोपणको इन्जिनियरिङ गुप्ता नर्सरीले गरिदिएको वडा नं. ५ का वडाअध्यक्ष टंक पराजुलीले बताए ।
र्पाक निर्माणका लागि गठिन उपभोक्ता समितिका अध्यक्ष इन्द्र थापाको संयोजनमा स्थानीयहरुको सहभागीतामा करिब चार सय विरुवा लगाइएको हो ।
बुटवलको वडा नं. ४ मा निर्माण भइरहेको लक्ष्मी पार्कलाई स्थानीयको पहलमा बुटवलको गन्तव्यमध्ये एक बनाउने गरी काम भइरहेको अध्यक्ष शर्माले बताए ।