ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

दूधबाट शीतगंगालाई स्वरोजगार

२८ असार २०७७, आईतवार
२८ असार २०७७, आईतवार

तराइसित सीमाना जोडिएको शीतगंगा नगरपालिकालाई पशुपालनबाट नगरावसीलाई स्वरोजगार बनाउने अभियानमा नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । पशुपालनलाई व्यावसायीक र आधुनिकीकरण गर्दै किसानलाई पशुपालनबाटै मनग्य आम्दानी गराउने नगरपालिका लागि परेको छ ।

सन्धिखर्क–गोरुसिंगे सड्क खण्ड अन्तरगत रजियामा अहिले दैनिक १ सय ३० लिटर दूध संकलन हुन्छ । दूध ठाडा, अमराई चक्ला लगायतका बजारमा बिक्री हुन्छ । दूध उत्पादन गर्ने कृषकलाई नगरपालिकाले वडा कार्यालय मार्फत उत्पादनमा आधारित अनुदान उपलब्ध गराएपछि किसानमा बेग्लै उत्साह थपिएको छ । सबै किसानलाई सहकारीमा आबद्ध बनाएर सरकारी मार्फत अनुदानको व्यवस्था गरिएको छ । एक लिटर दूध उत्पादन गरेर बिक्री गर्ने किसानलाई लिटरमा दुई रुपैया अनुदान दिएको छ । किसान उन्नत जातको गाई र भैसी पालेर दूध धेरै बेच्न दौडधुपमा छन् । एउटा उन्नत जातको गाई र भैसी पालेर महिनामा दस देखि बीस हजार रुपैया आम्दानी गरेपछि किसान दंग छन् ।

पथ्थरकोट देखि ठाडा, सितापुर देखि सुवर्णखालसम्मका किसानलाई दूध उत्पादन गर्न विभिन्न उत्प्रेरणा जगाउन कार्यक्रम सञ्चालन गरेको छ । किसानलाई उत्पादनमा आधारित अनुदान, पशुपालन सम्बन्धी विभिन्न तालिम, प्राविधिक सहयोग, रोग लाग्न नदिने उपाय लगायतका गतिविधि नगरपालिकाले सञ्चालन गरेको छ । दूध बिक्री नहोला भन्ने छैन, जति उत्पादन गरेपछि स्थानीय बजार र तराई तथा बुटवलको बजारसम्म दूधको माग अत्यधिक छ, शीतगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले भने ।

दूग्ध उत्पादन संस्था, डेरी उद्योगबाट गाडी ल्याएरै शीतगंगाबाट दूध लैजाने गरी योजनाबद्ध रुपमा पशुपालनमा काम भैरहेको उनले बताए । अहिले सिद्धाराको हर्रेबर्रेसम्म डबल कटिङ सड्क सञ्चालनमा छ । बाह्रै महिना गाडी चल्छन् । दैनिक गाडी चल्ने भएपछि गाडीले बजारमा दूध ल्याइदिन्छ । सितापुर–सुवर्णखाल सड्कको स्तरोन्नती गरी बाह्रै महिना नियमित गाडी चल्ने व्यवस्थाको लागि सड्क निर्मँणका काम भैरहेको छ । जलुके, जुकेना, सिमलपानीका अधिकांश बस्तीमा गाडी नियमित चल्ने गरी सड्कको स्तरोन्नतीको काम अगाडी बढेको अधिकारीले बताए । सडक राम्रो भएपछि बाहै्र महिना गाडी चल्छन् । दूध धेरै उत्पादन गरेर नगरले दूध बोक्ने गाडीको व्यवस्था गरी किसानले उत्पादन गरेको दूध बजारमा पुराउन सहयोग गर्ने योजना उनले सुनाए ।

नगरभित्रका सबै किसानलाई व्यावसायीक भैसी र गाई पाल्न लगाएर दूध बेचेर आम्दानी गर्न पशुपालन सम्बन्धी कार्यक्रम जनस्तरसम्म पुराएको नगर उपप्रमुख टीकाबहादुर रेश्मीले बताए । सिमलपानीको पावर, विक्रमसोतामा दूध उत्पादन गर्न किसानलाई उत्प्रेरणा गरिएको छ । अहिले नगरको सितापुर देखि पथ्थरकोटसम्म हाइवे सड्क भएकाले त्यस आसपासका किसानलाई दूध उत्पादन गर्न विभिन्न कार्यक्तम सञ्चालन गरिएको छ । अहिले रजियामा उत्पादित दूधले ठाडा, अमराई चक्ला लगायतका बजारलाई दूधले धानेको छ । नगरभित्रै अझै धेरै माग छ । तराई र बुटवलबाट नजिक भएकाले र हाइवे सड्क भएकाले वर्षामा पनि दूधको गाडी चल्न सजिलो छ । पशुपालनमा शीतगंगा उर्वरभूमी हो । घास, वन, जंगल प्रशस्त भएकाले किसानलाई पशुपालेर दूध बेचेर घरखर्च चलाउन सकिन्छ । मनग्य आम्दानी हुन थालेपछि पढेलेखेका युवा समेत उन्नत जातको गाई र भैसीपालेर दूध बेच्न थालेको नगर उपप्रमुख रेश्मीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?