© २०२३
रूपन्देहीको समरीमाई गाउँपालिकाको भरवलियामा नदिले खेतियोग्य जमिन कटान गरको छ । भारी बर्षाको कारण बढेको दानव नदिले खेतियोग्य जमिन कटान गरेको हो ।
नदि कटानको प्रदेश सांसद अष्टभुजा पाठक, स्थानीय जनप्रतिनिधीले निरीक्षण गरेका छन् ।
सम्मरीमाई गाउँपालिका वडा नं. ५ पर्ने चिनका यादवको खेत कटान शुरु गरेको नमुना एकिकृत विकास परिषद्का सामाजिक परिचालक रामकेवल यादवले जानकारी दिए । उनका अनुसार दानव नदिको पानीको धार पूर्वतिर आउँदा खेत कटान भएको हो ।
नदि कटानबारे स्थानीयलाई जानकारी दिनुको साथै उनिहरुले अवलोकन समेत गरेको यादवले बताए ।