ट्रेंडिंग:

>> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

गृहमन्त्री थापा ओलीकै पक्षमा !

२४ असार २०७७, बुधबार
२४ असार २०७७, बुधबार

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र गम्भीर विवाद देखा परेका बेला सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाको भूमिकालाई लिएर अनेक अड्कलबाजीहरू चल्ने गरेका छन्।

पूर्वमाओवादी नेता थापाले कहिले प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको त कहिले ‌‌प्रधानमन्त्रीको साथ छाडेको खबर आउने गरेका छन्।

त्यसै पनि जल्दाबल्दा विषयहरूमा सार्वजनिक रूपमा खुल्न नचाहने उनको स्वभावले गर्दा पनि धेरैले पार्टी विखण्डनको सङ्घारमा पुगेका बेला उनको भूमिकाप्रति चासो राखेको पाइन्छ।

तर नेकपा राष्ट्रिय सभाका सदस्यहरूको एउटा समूहसँग मङ्गलवार भएको भेटमा उनी खुला रूपमा प्रधानमन्त्री ओलीको पक्षमा प्रस्तुत भएको ओली पक्षका नेताहरूले जनाएका छन्।

‘पार्टी फुटे देश दुर्घटनामा’

प्रधानमन्त्रीलाई पद छोड्न लगाउने र रोक्ने दुई ध्रुवमा पार्टीका नेता-कार्यकर्ता विभाजित भएका बेला आखिर गृहमन्त्रीको धारण के हो?

उनका राजनीतिक सल्लाहकार समेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदी भन्छन्, “दुईवटा अध्यक्ष मिल्दामात्रै समस्याको समाधान गर्न सकिन्छ। दुईजना नमिल्दा देश, पार्टी र सबै धेरै ठूलो अप्ठेरो र दुर्घटनातिर जान्छ।”

“त्यसकारण मिलनको निम्ति सचिवालयमा यसअघि जुन समझदारी भएको थियो त्यसलाई विकास गर्नुपर्छ। यसको निम्ति दुईजना अध्यक्षले गृहकार्य गर्नुहोस् भन्ने उहाँको मूल ध्येय हो।”

पार्टी एकता गर्नुअघि भएको ‘सरकारको नेतृत्वमा आलोपालो गर्ने’ पूर्वसहमति थियो। तर नेकपा सचिवालयले ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने नयाँ निर्णय गरेको थियो।

सल्लाहकार सुवेदीले त्यही सहमतिलाई उद्धृत गर्नुको अर्थ ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन हुन्न पक्षमा गृहमन्त्री रहेको भन्न मिल्छ?

उनले जवाफ दिए, “त्यो सकिन्छ।”

गणितको खेल

प्रधानमन्त्रीले आफूमाथि आक्रमण भइरहेको भन्दै मन्त्रीहरूलाई आ-आफ्नो कित्ता स्पष्ट गर्न केही दिनअघि आग्रह गरेको समाचारहरू आएका थिए।

अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्रीलाई पद त्याग्न गराउन दृढ रहेको खबरमाझ स्थायी समितिको बैठक बुधवार पनि स्थगित भएको छ।

स्थगनको शृङ्खला लम्बिँदै गएका बेला दुई अध्यक्षबीच छलफलको शृङ्खला भने जारी छ।

पार्टीको कुनै निकायले भन्दैमा प्रधानमन्त्री राजीनामा नदिने पक्षमा रहेको बुझिन्छ।

त्यस्तो स्थितिमा प्रधानमन्त्रीलाई संसदीय दलबाट हटाउन खोज्ने र जोगिन वा जोगाउन चाहेको पक्षमा सांसदहरूको बहुमत आवश्यक हुन्छ।

त्यस अर्थमा पनि गृहमन्त्री थापाको भूमिका महत्त्वपूर्ण हुने ठानिएको छ।

खुलेकै हो त अन्योलको बादल?

सांसदहरूको सङ्ख्यामा धेरैले चासो राखेका बेला राष्ट्रिय सभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई सहित पाँचजना सदस्य मङ्गलवार गृहमन्त्री थापालाई भेट्न गएका थिए।

त्यस भेटमा पनि गृहमन्त्री थापाले प्रधानमन्त्री परिवर्तनको पक्षमा नरहेको कुरा राखेको ओली निकट नेताहरूले जनाएका छन्।

भट्टराईले बीबीसीसँग भने, “उहाँले वैशाख २० र मङ्सिर ४ गते भएको सहमति र दुई अध्यक्षको कार्यविभाजन जे गरिएको छ, त्यसमै अडिएर जानु पर्छ भनेर स्पष्ट रूपमा भन्नुभएको छ।”

भट्टराईका भनाइमा गृहमन्त्रीले ‘पार्टी विभाजन हुनुहुँदैन, नेतृत्व परिवर्तन गर्ने कुरा अहिले हुँदैन, त्यो कुराले प्रतिक्रान्ति हुन्छ, कसैलाई पनि निषेध गर्नु हुँदैन, मैले यही कुरा स्थायी कमिटीमा बोल्छु’ भनेका थिए।

 

भट्टराई र सल्लाहकार सुवेदीको भनाइबाट गृहमन्त्री थापाबारेको बाहिर देखिएको अन्योलको बादन अन्त्य हुने बुझिन्छ।

तर मङ्गलवार गृहमन्त्रीलाई भेट्न गएका राष्ट्रिय सभाका अर्का सदस्य जीवन बुढाले पार्टी नेतृत्व वा प्रधानमन्त्री परिवर्तन गर्ने विषयमा गृहमन्त्रीले केही नबोलेको बताए।

‘त्यस्तो होइन’

उनले भने, “पार्टी विभाजन भयो भने प्रतिक्रान्तिकारीलाई फाइदा पुग्ने र क्रमश: राजनीतिक नेतृत्व प्रतिक्रान्तिकारीका हातमा पुग्ने स्थिति पैदा हुन्छ, एकता जोगाउनु पर्छ भन्नु भएको थियो।”

निर्वाचनमा टिकट वितरण गर्दादेखि अहिलेसम्म असन्तुलित निर्णय गरेका कारण पार्टीमा अन्तर्विरोध देखा परेको धारणा गृहमन्त्रीले राखेको पनि उनले जनाए।

उनका अनुसार ‘ती सबै कुराको समीक्षा गरेर समाधान खोज्दा एकतामा पुगिने अन्यथा पार्टी एकता जोखिममा रहेको’ मूल्यङ्कन गृहमन्त्रीले सुनाएका थिए।

तर गृहमन्त्री थापा स्वयम् यसबारे अहिल्यै सञ्चारमाध्यमसँग कुराकानी गर्ने पक्षमा नरहेको उनको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?