ट्रेंडिंग:

>> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु
मुख्य समाचार

लुम्बिनीका उपमहानगरमा फोहर मोहर बन्ने कहिले ?

घोराहीले ग्याँस उत्पादन शुरु गरेको छ, तुलसीपुरमा कम्पोष्ट मल बनाइरहेको छ भने नेपालगञ्ज र बुटवल उपमहानगरले फोहर पुर्दै औषधी छर्किदै गरिरहेका छन् । योजनाबद्द रुपमा काम नहुँदा उपमहानगरहरुमा शहरी फोहरको चिन्ता दिनप्रतिदिन थपिदै गएको छ ।
२५ बैशाख २०८०, सोमबार
२५ बैशाख २०८०, सोमबार

बुटवल, २५ वैशाख ।

लुम्बिनीका उपमहानगरहरुले फोहर व्यवस्थापनको काम फरक फरक तरिकाले गर्दै आएका छन् । कतै फोहरलाई मोहर बनाउने प्रयास शुरु भएको छ भने कुनै कुनै उपमहानगरपालिकाहरुले फोहर व्यवस्थापनका लागि डम्पिङ साइट खोज्ने काम गरिरहेका छन् ।

घोराही उपमहानगरपालिकाले नगरभित्रको फोहरमैलालाई प्रशोधन गरेर ग्याँस उत्पादन गरेको छ । नगरले संकलन गरेको फोहरमध्ये गल्ने फोहरबाट ग्याँस निकालेको हो । नगरले २० वर्षको सम्झौता गरेर उर्जा विकास कम्पनीले ग्याँस उत्पादन कार्य शुरु गरेको उपमहानगरका प्रवक्ता राममणि पाण्डेयले बताए ।

पहिलो चरणमा ५२ घरधुरीमा ग्याँस जडान कार्य शुरु भएको छ । त्यसका लागि नगरमा यूएन डिपिले अनुदानमा ग्याँस चुलो समेत वितरणको काम भईसकेको छ ।

उपमहानगरबाट दैनिक १५ सय टन फोहर संकलन हुने सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारीले बताए । उनले संकलन भएको फोहरलाई उपमहानगरको वडा नम्बर १६ को करैती डाँडामा रहेको ल्याण्डफिल्डमा संकलन गरिएको बताए ।

त्यहाँबाट नकुहिने फोहरलाई कवाडीमा बिक्री गरेर आम्दानी हुने र बाँकी गल्ने फोहरलाई ग्याँस उत्पादनमा प्रयोग गर्ने गरिएको छ । फोहरबाट उत्पादन भएको ग्यास मूल्य निर्धारण नभए पनि बजारमा पाइने ग्याँस भन्दा करिव ३ सय रुपियाँ कम मूल्यमा स्थानीयबासीले ग्याँस प्रयोग गर्न पाउने अधिकारीको भनाई छ । यसरी ग्याँस उत्पादन हुँदा एकातिर फोहर व्यवस्थापन गर्न सहज र अर्कोतर्फ स्थानीयले कम शुल्कमा ग्याँस प्रयोग गर्न पाउने दोहोर फाईदा देखिएको छ ।

उपमहानगरवासीहरुलाई फोहर व्यवस्थापन तथा सरसफाई सम्बन्धी चेतना अभिवृद्धि गर्न, फोहरमैला व्यवस्थापनमा निजी क्षेत्र र नागरिक समाजको संलग्नता स्थापित गर्न, समुदायको चासो र संलग्नतामा अभिवृद्धि गर्न, फोहर संकलन देखि व्यवस्थापन सम्मका सबै कार्यहरु सम्बन्धी जानकारी दिने गरेको सरसफाई प्रमुख अधिकारीले बताए ।

तुलसीपुर उपमहानगरपालिकाले आफ्नो नगरबाट उत्पादन भएकोे कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन शुरु गरेको छ । गएको दुई महिनाबाट यो अभ्यास शुरु भएको उपमहानगरका सरसफाई शाखा प्रमुख माधव पौडेलले बताए । उनले कुहिने फोहरको मल बनाएर व्यवस्थापन शुरु गरे पनि नकुहिने फोहरलाई उपमहानगरले तयार गरेको ६ र १५ मा पर्ने कुकुरेभचनामा पुरेर व्यवस्थापन गर्ने गरेको बताए ।

यहाँ दैनिक २५ टन फोहर संकलन हुने गरेको छ । यहाँबाट दैनिक ४० देखि ५० किलोसम्म जैविक मल उत्पादन भईरहेको छ । अहिले मलको गुणस्तर मापनका लागि काठमाडौ पठाएको प्रमुख पौडेलले जानकारी दिए । उनले मलको गुणस्तर मापनपछि नै यसको मूल्य निर्धारण गरेर किसानहरुलाई सस्तो मूल्यमा बिक्री गर्ने योजना रहेको बताए । उपमहानगरमा रहेको फोहरलाई मलमा परिणत गर्दा दोहोरो फाईदा हुने भएकाले नै मल बनाउन शुरु गरेको पौडेलको भनाई छ । एकातिर फोहर व्यवस्थापन हुने अर्कीतिर मलले किसानलाई सहज हुने भएकाले पनि दोहोरो फाईदा छ । पौडेलका अनुसार फोहर पुरेर मात्र दिगो व्यवस्थान नहुने भन्दै त्यसका लागि उपमहानगरले विकल्पको खोजी गरिरहेको जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाको करिब ७० प्रतिशत भू–भाग दाङ उपत्यकाको समथर भू–भागमा रहेको छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रफलको हिसाबमा नेपालको दोस्रो ठुलो उपमहानगरपालिका हो । यो उपमहानगरपालिका साविकको तुलसीपुर नगरपालिका, हलवार, टारिगाउँ, उरहरी, पवननगर, मानपुर, विजौरी, डरुवा र फुलवारी गाविस मिलेर बनेको हो ।

बुटवल उपमहानगरपालिकाले यहाँ संकलन हुने दैनिक ५३ टन फोहरलाई तिनाउ नदीको छेउँ मजुवामा पुरेर व्यवस्थापन गरिरहेको छ । फोहर पुर्ने र किटाणु नष्ट गर्नका लागि औषधी छर्ने गरेको छ ।
करिव डेढलाख जनसंख्या भएको उपमहानगरले दिगो फोहर व्यवस्थापनका लागि जग्गाको खोजी गरिरहेको वातावरण तथा अनुगमन महाशाखा प्रमुख तुल्सा अर्यालले बताईन् । उनले शिवनगर वनमा फोहर व्यवस्थापनका लागि केही पूर्वाधारहरु निर्माण भईरहेको जानकारी दिईन् ।

बुटवल उपमहानगरपालिका सरसफाई प्रमुख खगेश्वर पोखरेलले नगरपालिका, निजी क्षेत्र, सहकारी र स्थानीय टोलविकास संस्थाहरु मिलेर फोहर व्यवस्थापनको काम भईरहेको बताए । सबैले फोहर संकलनदेखि व्यवस्थापनका काम गर्ने बताए । उनले वडा नं. ७ र ८ मा बुटवल सरसरफाई तथा वातावरण संरक्षण सहकारी संस्थाले गल्ने र नगल्ने फोहर छुट्टयाएर फोहरको व्यवस्थापन गर्ने गरेको बताए । उनले उपमहानगरले अत्याधुनिक तरिकाबाट गल्ने फोहरबाट मल उत्पादन गर्ने सोच बनाएको जानकारी दिए । शिक्षा, स्वास्थ्थ, रोजगारी लगायतका सबै क्षेत्रका अगाडी बढिरहेको उपमहानगरमा फोहर व्यवस्थापनको पाटो कमजोर देखिएको छ । उपमहानगरले फोहर व्यवस्थापनलाई महत्व नदिनु पनि एउटा कारण हुन सक्छ ।

यस्तै नेपालगञ्ज उपमहानगरको फोहर संकलन र व्यवस्थापन पन पनि बुटवलको जस्तै छ । नगरबासीको घर घरमा पुग्ने संकलन गर्ने र ल्यान्डफिल्ड साइड वडा नं. २३ मा पुर्ने र औषधी छर्ने गरेको उपमहानगरपालिकाका सरसफाई शाखा प्रमुख प्रकास डिसीले बताए । फोहर व्यवस्थापनका लागि अरु कुनै योजनाहरु अहिलेसम्म नभएको भन्दै दीर्घकालीन फोहर व्यवस्थापनको योजना आवश्यक रहेको प्रमुख डिसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?