© २०२३
कर्णाली प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश सभा बैठक बहिष्कार गरेको छ।
शनिबार बसेको बैठकमा कांग्रेस सांसदहरू उपस्थित नै भएनन् । कर्णाली प्रदेश सभामा कांग्रेसका ६ सांसद छन् । मन्त्रालयहरूको छुट्टाछुट्टै योजनासहित किताब नआएपछि बैठकमा भाग नलिइएको विपक्षी दलका नेता जीवनबहादुर शाहीले बताए । ‘सबै मन्त्रालयहरूको बजेट किताब मन्त्रालयगत रुपमा नआइसकेको कारण हामी बैठकमा सहभागी नभएको उनको भनाइ छ ।
कांग्रेसले सबै मन्त्रालयका अलग अलग रातो किताब बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले भने सबै मन्त्रालयको योजना समेटेर एउटै किताब प्रदेश सभामा वितरण गरेको थियो ।