© २०२३
जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबारदेखि होटल, रेष्टुरेन्ट लगायतका खाजा, नास्ता पसल बन्द गर्न निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो ।
शुक्रबारदेखि जिल्लामा सञ्चालित होटल, रेष्टुरेन्टलगायतका खाजा, नास्ता पसल (होमप्याक बाहेक), सैलुन तथा व्युटी पार्लरसमेत पूर्णरुपमा बन्द गर्न भन्दै
बुधबार प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।
साथै अटो सञ्चालनलाई पनि पुूर्ण रुपमा रोक लगाएको छ । कोरोनाको संक्रमण रोकथामका लागि जोर–विजोर प्रणालीलाई यथावत राख्दै तीन पांग्रे सवारी साधनलाई पूर्णरुपमा बन्द गर्ने बताएको छ । प्रमुख जिल्ला अधिकारी मातहतमा रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले फलफुल, तरकारी, दुध, ग्यास, औषधीजस्ता अत्यावश्यक सेवाका पसल शनिबार अनिवार्य बन्द गर्न र अन्य दिनहरुमा विहान ७ देखि साँझ ५ बजेसम्म मात्र खोल्न निर्देशन दिएको छ ।