© २०२३
गुल्मीमा विपदका घटनाहरुको पुर्व जानकारी पाउनका लागि विपद पुर्व सूचना प्रणाली (साईरन) जडान गरिएको छ । अविरल वर्षा, आगलागि लगायत अन्य विपदजन्य घटनाहरुको बारेमा तत्काल सूचना प्राप्त गर्न सहयोग पुराउने उद्देश्यले सदरमुकाम तम्घासमा विपद पुर्व सूचना प्रणाली स्थापना गरिएको हो ।
जिल्लामा पहिलो चरण अन्र्तगत बुधवारदेखि जिल्ला प्रशासन कार्यालय, बिरभद्रजंग गुल्म र सशस्त्र प्रहरी वलको कार्यालयमा विपद पुर्व सूचना प्रणाली साईरजन जडान गरिएको प्रमुख जिल्ला अधिकारी भरतराज शर्माले बताएका छन् । जिल्लामा कही कतै विपदका घटनाहरु घटेको जानकारी पाउनासाथ साईरनको मोवाईल नम्बरमा फोन गर्दा तत्कालै सुरक्षा निकायका प्रमुखहरुको मोबाईलमा घण्टी र साईरन एकैसाथ बज्ने प्रमुख जिल्ला अधिकरी शर्माले बताए ।
विपदका घटनाहरुको बारेमा जानकारी लिन र दिनका लागि जिल्लाका सबै स्थानीय तहका प्रमुखहरु र विपद व्यवस्थापन समितिका सदश्यहरुलाई उक्त साईरनको नम्बर उपलब्ध गराईने छ । जसबाट कुनै पनि घटनाहरुको बारेमा समयमै जानकारी प्राप्त गर्न सजिलो माध्यम बन्ने बताईएको छ । प्रदेश ५ अन्र्तगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पाँच लाख रुपैंयाको सहयोगमा जिल्लामा विपद पुर्व सूचना प्रणालीको स्थापना गरिएको जिल्ला प्रशास कार्यालय गुल्मीकी लेखा प्रमुख शुष्मा मरासिनीले जानकारी दिएकी छन ।