© २०२३
अन्यत्रका कृषकहरुलाइ वर्षे धान रोपाइँ गर्न व्यस्त हुदा रामपुर नगरको सदार्वतीकी माया मल्ललाई भन्ने चैते धान भित्र्याउन भ्याइ नभ्याइ भएको छ । मल्ललाई मात्र होइन ? उनका छिमेकी सबैलाई यति खेर वर्षे धान लगाउन भन्दा हिउदे चैते धान स्याहारिरहेका छन् ।
रामपुरनगर भित्रका चैते धान लगाएका कृषकहरु हिउदे (चैते) धान भित्र्याइरहेका छन् । जिल्लाको दोस्रो मुख्य वाली र पहिलो खाद्यन्न वालीका रुपमा स्थापित धान वाली अन्तर्गत चैते धान केहि समय अगाडि जिल्लाका मुख्य फाँटहरु अर्गेली, रामपुर, हुगी, पुर्वखोला, माडीमा लगाउदै आए पनि पछिल्लो समयमा रामपुर फाँटका कृषकहरुले मात्र चैते धान खेतिलाइ निरन्तता दिदै आएका छन् ।
माडि फाँटमा लामो समयदेखि चैते धान लगाउदै आएका माथागढि गाउपालिकाको कसेनीका बुद्धिमान कुमाल भन्दछन सिचाइको भर पर्दो व्यवस्था हुन नसक्दा माडीफाँटमा चैते धान लगाउने कृषकहरुले बिस्तारै छाड्दै गएका छन । जिल्लाको कुल खेतियोग्य क्षेत्रफल मध्य ९ हजार ५ सय ६२ हेक्टर क्षेत्रफलमा चैते धान खेति लगाउदै आएकोमा विगतको केहि वर्ष यता २ सय रोपनी क्षेत्रफलमा मात्र खुम्चिएको कृषि ज्ञान केन्द्रका प्राविधिकहरु बताउँछन ।
चैत महिनामा लगाइने धान वाली भित्र्याउने समय र त्यति समयमा त्यति नै ठाउँमा असारमा वर्ष धान लगाउने समय एकै पटक हुदा काम गर्ने मजदुरको समश्य हुनु , वाली भित्रयाउने समयमा निरन्तर रुपमा वर्षाद हुने हुदा कृषकहरुले झन्झटिलो ठानेर चैते धान लगाउन छाडेको पुर्वखोलाकी कृषक कृष्णा भण्डारी बताउँछिन । वर्षे धान तुलनामा चैते धानको उत्पादकत्व क्षमता बढि भएको प्राविधिकहरु बताउँछन् । वर्षे धानको तुलनामा चैते धानको चामल बढि मात्रामा पर्ने भएकाले पनि यसको खेति तर्फ आकर्षण भएकोले पनि यस खेतिको आकर्षण थियो तर पछिल्लो समयमा समयानुसार वर्षाद नहुनु, कामदारको समस्या थपिदै जानु जस्ता कारणले गर्दा चैते धान प्रतिको मोह हराउँदै गएको हुमिनका कृषक शन्तबहादुर नेपालीले आफ्नो अनुभव बताए । खाद्य सुरक्षाका लागि मुख्य आधार ठानिन्छ तर शहरी सुख र सुबिधाका कारण सबैका घर घरमा हल गोरु नभएका कारणले पनि चैते धान लगाउन छाडेको कृषकहरु बताउँछन ।
असार साउनको महिनालाइ अनिकालको भनिन्छ त्यहि महिनामा धान भित्रयाउदा अनिकाल टार्नका लागि मद्धत पु¥याउने भए पनि दु.ख र झन्झटका कारण लगाउन छाडेको कृषकहरु बताउँछन ।
कृषि ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्याल भने हिउँदे धान लोप हुन लाग्यो त्यसैले यसलाइ पुर्नस्थापित र जर्गेना गर्न रामपुर नगरको सदावर्तमा २ सय रोपनी क्षेत्रफलमा पकेट क्षेत्रको रुपमा यस वर्ष देखि काम गरेको बताउछन् । सिचाइको भरपुर सुविधा पुगेको ठाउमा समेत कृषकहरुको आकर्षण हराउदै गएको छ यसलाइ रामपुर, अर्गली , पुर्वखोलाका फाटहरुमा लगाउन सकिने भएपनि धान वाली बाट भन्दा तरकारी खेति बाट आम्दानी बलियो हुने भएकोले पछिल्लो समयमा लगाउन छाडेको अर्गलीका कृषक बेनिराम गैरे बताउँछन् ।
उन्नत जातको बिउ प्रयोग गरि सरकारले खाद्य सुरक्षा र धान चामलको आयातलाई प्रतिस्थापन गर्न यसको प्रबद्र्धनमा जोड दिन पर्ने कृषकहरुको भनाइ रहेको छ ।