© २०२३
कोरोना संक्रमणले ज्यान गुमाएका व्यक्तिको शब व्यवस्थापनमा खटिएका पाल्पाका दुई सैनिकमा कोरोना संक्रमणक पुष्टि भएको छ । उ
प्रदेश प्रयोगशाला भैरहवामा शुक्रवार थपिएका ७७ संक्रमितमध्ये शव व्यवस्थापनमा खटिएका दुई जना सैनिक पनि रहेका स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिका, सिलुवाका ३६ वर्षीय एकजना पुरुषको गएको जेठ २० गते उपचारका क्रममा तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा ज्यान गएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार नै नेपाली सेनाले पाल्पाको डुम्रे खोलामा शव व्यवस्थापन गरेको थियो ।