© २०२३
कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक विदा दिइने भएको छ।
प्रदेश सरकारले धान दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा दिइने निर्णय गरेको हो।
शुक्रबार सूचना जारी गर्दै कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जुम्ला बाहेक प्रदेशका ९ जिल्लाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
असार १२ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।