ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

चालु आर्थिक बर्षमा रिब्दीकोटको के के गर्यो ?

१२ असार २०७७, शुक्रबार
१२ असार २०७७, शुक्रबार

रिब्दीकोट गाउँपालिकाले चालु आर्थिक बर्षमा गरेका कामको सार्वजनिक गरेको छ । आउने आर्थिक बर्षको बजेट कार्यक्रम प्रस्तुत गर्ने क्रममा पालिकाले त्यसको सार्वजनिक गरेको हो । गाउँ सभाको बजेट प्रस्तुत गर्ने क्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले उक्त जानकारी गराएकी हुन् । उनले जनताको आर्थिक अवस्था सुधार हुने गरी कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकता दिई गाउँपालिकाले काम गरिरहेको बताइन् ।

रिब्दीकोटा गाउँपालिकाको गाउँ सभामा प्रस्तुत भएको चालु आ.व. मा सम्पादन भएका मूख्य मूख्य उपलब्धिहरु जस्ताको तस्तैः

घटना दर्ता प्रणालीलाई थपव्यवस्थित गर्न श्रावणदेखि नै सबै प्रकारका घट्ना दर्ता अनलाइन प्रणाली मार्फत गर्न शुरु गरिएको छ । राजस्व चुहावट हुन सक्ने सम्भावनाको अन्त्यगर्दै राजस्वआम्दानीलाई पारदर्शी बनाउन कम्प्युटराइज्ड विलिङ सिस्टम लागू गरिएको छ ।

सेतो घर कार्यक्रमअन्तर्गत खरका छानामुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य अनुरुप कुल २२८ घरधुरी खरको छानायुक्त भनी जस्तापाता माग भएकोमा विद्युतीय खरीद प्रक्रियाबाट जस्ता पाता खरीद गरी हालसम्म १६६ घरपरिवारलाई जस्तापाता उपलब्ध गराईसकिएको छ भने अन्यबाँकी घरपरिवारले समेत आवश्यक संरचनातयार गरी लैजाने क्रम जारी छ । जसले गर्दा यही आर्थिक वर्षमा नै खरको छानामुक्त गाउँपालिका घोषणा गर्न सक्ने अवस्थामा पुगेका छौँ ।

अपांगता भएका व्यक्तिहरुले परिचय पत्र समयमा नविकरण नभइभोग्नु परेको समस्यालाई मध्येनजर गर्दै अपांगता परिचयपत्र वितरण सम्बन्धी कार्यविधि तर्जुमा गरी वडावडा र घरघरमै पुगी अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण सम्पन्न गरिएको छ । यसै आर्थिक वर्षको दोस्रो चौमासिकदेखि लागू हुने गरी ग वर्ग (पहेँलो कार्ड भएका) को अपांगता भएका व्यक्तिहरुलाई मासिक ८०० निर्वाह भत्ता दिन शुरुवात गरिएको छ ।

उत्पादनमा आधारित अनुदानअन्तर्गत टमाटर उत्पादक किसानलाई दिइदै आएको नगद अनुदानलाई निरन्तरता दिइएको छ, जसले गर्दा यस आर्थिक वर्षमा कृषि व्यवसायतर्फ थप कृषकहरुको आकर्षण बढेको छ । दुधमाप्रति लिटर १ रुपैया नगद अनुदान दिइदै आएकोमा श्रावण महिनादेखि प्रतिलिटर २ रुपैँया दिइएको छ । आगामी आ.व.देखि सुन्तला र कागतीमा समेत उत्पादनमा आधारित नगद अनुदान उपलब्ध गराउन कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको छ ।

एक घर एक धाराको नीतिअन्तर्गत १ करोड बढी लागतका पालुङमैनादीको पालुङमा चुर्पुकधारा लिफ्टिङ खानेपानी र फेकको सोमहरमा भालुवन लिफ्टिङ खानेपानी निर्माण सम्पन्न गरी घरघरमा धारा र मिटर जडित स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको छ । ढाप लिफ्टिङ खानेपानी, सौरागैरा लिफ्टिङ खानेपानी र खोप्चेखोलालिफ्टिङ खानेपानीआयोजनाहरु निर्माणाधिन रहेका छन् ।

सेवाप्रवाह र विकास निर्माणमा पारदर्शिता र उत्तरदायित्वअभिवृद्धि गर्ने उद्धेश्यले चालू आ.व.देखि चौमासिक सार्वजनिक सुनुवाईको शुरुवात गरिएको छ, जसबाट सेवाप्रवाह र विकास गतिविधिप्रति आमनागरिकको चासो, सरोकार, सहभागिता र अपनत्वमा वृद्धि भएको महशुस भएको छ ।

कृषियान्त्रिकीकरण र व्यवसायीकरणका लागि कृषकहरुको मागको आधारमा मिनी टिलर (हाते ट्याक्टर, कम्बाइन्ड मिल, प्लाष्टिक पोखरी तथा प्लाष्टिक टनेल वितरण गरिएको छ

योजनाबद्ध विकास र गाउँपालिकाको एकीकृत तथ्यांकअद्यावधिक गर्ने उद्धेश्यले गाउँपालिकाको प्रोफाइल र आवधिक योजनातर्जुमा कार्य यहीआर्थिक वर्षभित्र सम्पन्नहुने चरणमा पुगेको छ ।

एकल महिलाहरुको सशक्तीकरण,उद्यमसिलता र आत्मनिर्भरताका लागि परालकाजुत्ता, बाटेको अगरबत्ती बनाउने जस्ता विभिन्न आयमुलक कार्यक्रमहरु संचालन गरी उत्पादित बस्तुलाई गाउँपालिकाले नै खरीद गरी प्रोत्साहित गर्ने कार्य गरिएको छ ।

मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई आर्थिक रुपले विपन्न र लक्षितवर्गमा केन्द्रित गरी बाख्रापालन, बंगुरपालन, कुखुरापालन, अदुवा उत्पादन, मौरीको गोलासहितको घार, बोयर बोका वितरण जस्ता आयमुलक कार्यक्रम संचालन गरिएको छ, यसबाट आर्थिक रुपमा आत्मनिर्भरता र व्यवसायिकता प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । सँगसँगै निलो र पहेलो कार्ड प्राप्त अपांगताभएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्यविमा गरिएको छ ।

वडाहरुसम्म पुग्ने सडकहरुको थप स्तरोन्नति र विस्तार गरी सहज यातायातको सुनिश्चितता एवं उत्पादित कृषिजन्य उत्पादनलाई बजारसम्म पहुँच विस्तार गर्ने उद्धेश्यले बतासे–ठिमुरे सडक, बतासे–फेक सडक तथा देउराली–ख्याहा सडकको विस्तार एवं स्तरोन्नतिकार्य भइरहेको छ ।

पूर्ण संस्थागत सुत्केरी भएको गाउँपालिका बनाउने नीतिअनुरुप कुसुमखोला र देउरालीलाई पुर्ण सस्थागत सुत्केरी भएको वडा घोषणा गरिएको छ भने अन्य केही वडाहरु घोषणा हुने क्रममा रहेकोमा बन्दाबन्दीका कारण रोकिएको छ ।

यस आ.व. मा न्यायिक समितिमा हालसम्म १३ वटा मुद्धा दर्ता भएकोमा ९ वटा मुद्धा मिलापत्र मार्फत नै किनारा लगाइएको छ भने ४ वटा मुद्धा प्रक्रियामा रहेका छन् ।

गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधा र आवश्यक कागजातकाबारेमा नागरिकलाई जानकारी प्रदान गरी छिटोछरितो, सहज र सरल ढंगले सेवाप्रवाह गर्न घरघरमा नागरिक बडापत्र बितरण कार्य प्रारम्भ गरिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारका लागि आवश्यक प्रबन्ध मिलाइएको छ, हरेक वडावडामा क्वारेन्टिन स्थल तयार गरी भारत लगायतअन्य देशबाट आउने व्यक्तिहरुलाई सुरक्षित र व्यवस्थित रुपमा राखी चेक जाँच पश्चातमात्र घर पठाउने व्यवस्था मिलाइएको छ । देशव्यापी रुपमा कोरोना संक्रमण फैलिएसँगै गाउँपालिका आफैले भिटिएम किट खरीद गरी चेकजाँचको व्यवस्था मिलाएको छ । कोरोना संक्रमण देखिएमा संक्रमितहरुको भरपर्दो उपचारका लागि लुम्बिनी मेडिकल कलेजको आइसोलसेन सेन्टर प्रयोग गर्ने गरी सम्झौता गरिएको छ । .

कृषकहरुले सहज रुपमा रसायनिक मलखाद प्राप्तगरुन् भन्ने उद्धेश्यले सहकारीहरुसँग सहकार्य गरी वडा वडाबाटै मागबमोजिमको मलखाद उपलब्ध गराईएको छ ।

व्यवसायिकता प्रवद्र्धन गर्न तथा कृषिएवं पशुपालनमा युवाहरुलाई आकर्षित गर्न फर्म सुधार, गोठ सुधार तथा थरी सुधारका लागि नगद अनुदान उपलब्ध गराईएको छ ।

रिब्दीकोट जलेश्वरमन्दिर क्षेत्रमा थप भौतिकपूर्वाधार र संरचना तयार गरी आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आयमुलक वृक्षारोपण, नालीनिर्माण, सडक मर्मत जस्ता कामममा बेरोजगार जनशक्तिलाई परिचालन गरिएको छ ।

विपद्मा परेकाहरुको लागिविपद् व्यवस्थापन कोष मार्फत राहतको व्यवस्थागरी हालसम्म कुल २९ घरपरिवारलाई राहत सहायता उपलब्ध गराईएको छ ।

मुटु रोग, क्यान्सर जस्ता घातक र असाध्य रोगबाट पिडितहरुको लागिआजको मितिसम्म यस आ.व.मा कुल ६१ जनालाई आर्थिक सहायता उपलब्ध गराईएको छ । त्यसै गरी स्वास्थ्य संस्थामागइ सुत्केरी हुने आमालाई थप अतिरिक्तपोषण भत्ताबापत यस आ.व.मा हालसम्म ७९ जनालाई १५०० का दरले उपलब्ध गराईएको छ, यसबाट घरमै सुत्केरी हुने अवस्थाको करिब अन्त्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?