© २०२३
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख माधव बुढाथोकीले अपराध नियन्त्रणको निम्ति कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
प्रहरी नायब उपरीक्षक बुढाथोकीले जिल्लामा पहिलोपटक प्रहरी प्रमुखको जिम्मेवारी समालेपछि आयोजित अन्तरक्रिया कार्यक्रममा शान्ति सुरक्षा, अमन चयन, सुशासन र अपराध नियन्त्रणमा आफुहरु अहोरात्र खट्ने बताए ।
जिल्लामा आत्महत्याल बिकराल समस्याको रुपमा रहेको भन्दै उनले आत्महत्या हुनुको कारण पहिचान गरि नियन्त्रणको निम्ति प्रभावकारी कदम चाल्ने बताए । सिमित साधन र श्रोतका बीच पनि नेपाल प्रहरीले बिश्व समुदाय बिच छुट्टै पहिचान बनाएको बताउँदै उनले सरकारको निर्देशन र जनताको भावना बुझेर उच्च मनोबलका साथ प्रभावकारी रुपमा काम गर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जि.सी.लेकाली, प्रहरी निरिक्षक रामनारायण गुप्ताका प्रेमनारायण आचार्य,अशोक खनाल, जिल्ला उपाध्यक्ष गणेश खनाल, प्रेस युनियनका सभापति बीरेन्द्र के.सी., प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य श्यामप्रसाद घिमिरे लगायतले जिल्लाको शान्ति सुरक्षाको अवस्था र प्रहरीले गर्नुपर्ने काम लगायतको बिषयमा बोलेका थिए ।