ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

उपमहानगरको नीति कार्यक्रममा ‘बृहत बुटवल’ को अवधारणा

८ असार २०७७, सोमबार
८ असार २०७७, सोमबार

बुटवल उपमहानगरपालिकाले बृहद बुटवलको अवधारणा अगाडी सारेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले यो अवधारणा अगाडी ल्याएका हुन् ।

उनले महानगरको रुपमा फराकिलो अवधारणाकासाथ छिमेकी पालिकाहरुसंग समन्वयात्मक रुपमा विकास प्रकृया अघि बढाउनका लागि बृहत बुटवलको सोचबाट अगाडी बढ्न जरुरी रहेको बताए ।

उनले नागरिकको जीवन रक्षामा ध्यान केन्द्रित गरि जनताको अवाश्यकतालाई प्राथमिकतामा राखि नीति तथा कार्यक्रम ल्याएको बताए ।
प्रमुख शिवराज सुवेदीले बृहत बुटवल, शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई समेत उच्च प्राथमिकतामा राखिएको जनाए । ‘जीवन रहे समृद्धि पछि पनि हासिल गर्न सकिन्छ भन्ने मान्यताबाट हामी अगाडि बढ्ने प्रयास गरेका छौं, नागरिकको जीवन रक्षा नै आजको पहिलो कार्यभार हो र हाम्रो कर्तव्य पनि त्यहि नै हो’, बुटवलको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा मुख्य कुराहरु

बृहत बुटवलको अवधारणा
बृहत बुटवल र भविष्यको महानगरको रुपमा फराकिलो अवधारणाकासाथ छिमेकी पालिकाहरुसंग समन्वयात्मक रुपमा विकास प्रकृया अघि बढाउन र तदनुरुपका पूर्वाधार तयार गर्न आवश्यक रहेको बुटवलको नीति तथा कार्यक्रममा उल्लेख छ । बुटवललाई ५ नं. प्रदेशको राजधानी बनाउने यस क्षेत्रका आम जनताको आकांक्षा र यथार्थताको पुनः पुष्टि कोभिड १९ को संक्रमण नियन्त्रण र उपचारको सन्दर्भमा यस क्षेत्रले खेलेको महत्वपूर्ण भुमिकाले सबैलाई स्पष्ट पारेको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

राजधानीको हैसियत बोकेको बृहत बुटवलले स्थानीय नागरिकहरुको आकांक्षा संबोधन गरेर मात्र पुग्दैन, बरु यसक्षेत्रका समग्र बासिन्दाहरुको समस्या समाधानको नेतृत्व समेत गर्नु पर्ने थप जिम्मेवारी बोध गराएको बुटवलको ठहर छ । बुटवलले लिएका नीति तथा कार्यक्रमले बुटवललाई ५ नं. प्रदेशको स्थायी राजधानी घोषणा गर्न थप टेवा दिने विश्वास लिएको नीति कार्यक्रममा उल्लेख छ ।

यस्ता छन् प्राथमिकता विषय
कोभिड १९ को संक्रमण लगायतका महामारी र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सृजना गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने, चालु आ.ब. का अधुरा बार्षिक योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिई सम्पन्न गर्ने । दीगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गरिने भएको छ । सामाजिक, आर्थिक, र भौतिक पूर्वाधार विकास मार्फत नगरवासीहरुको जीवनस्तर माथि उठाउने, नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, अन्तर सरकारी वित्त व्यस्थापन ऐनलगायतका नेपाल कानूनबाट स्थानीय सरकारलाई प्राप्त अधिकारलाई संस्थागत गर्दै संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिदै असल शासन प्रबद्र्धन गरी स्थानीय सेवा प्रवाह प्रभावकारी बनाइने भएको छ ।

सहरी पूर्वाधार विकास
बुटवल उपमहानगरपालिकाको एकीकृत शहरी विकास योजनाले लक्ष्य गरे अनुसारका कार्यक्रमहरु क्रमशः कार्यान्वयनमा ल्याइने भएको छ । पूर्वाधार विकासका लागि जनपरिचालन र जनसहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकता दिइने र वडा भेला तथा वडा कार्यालयहरुबाट सिफारिस भइ आएका योजनाहरुको प्रोजेक्ट बैंक बनाई संघ तथा प्रदेश सरकार एबम् अन्य संघसस्था संगको सहकार्यमा कार्यान्वयन गर्न पहल गरिने भएको छ । अधुरा आयोजना, जनताको प्रत्यक्ष सरोकार सम्बोधन हुने, स्थानीय श्रम, सीप र स्रोतको प्रयोग हुने आयोजनालाई प्राथमिकतामा राखिने नीति कार्यक्रममा उल्लेख छ ।

पार्किङलाई प्राथमिकता, स्तरीय सडक निर्माण
प्रदेशको अस्थायी मुकाम, दुई मुख्य राजमार्गको संगम स्थल र मुलुकको प्रमुख व्यापारिक नाका भएकाले पनि बुटवलमा जनघनत्व र ट्राफिक जाम अन्यत्रभन्दा धेरै छ । यसैले बुटवलमा अब निर्माण हुने कुनै पनि भवनको पार्किङलाइ अनिवार्य गरिएको छ । मुख्य शहरी क्षेत्रमा भवन निर्माण गर्दा अनिवार्य रुपमा अन्डरग्राउण्ड पार्किङसहितको भवन निर्माण गर्ने गरी कानूनी प्रबन्ध मिलाइने भएको छ । “हाम्रो सडक–हाम्रो सहभागिता, स्तरीय सडक–हाम्रो प्रतिबद्धता” अनुरुप सडक सुधारका कार्यलाई निरन्तरता दिइने र स्तरीय सडक निर्माणमा जोड दिइने भएको छ । नगर क्षेत्रभित्र चक्रपथका लागि अति आवश्यकीय पूर्वाधार तयार गरी नगर बस सेवा सञ्चालनका लागि समन्वय गर्ने नीति कार्यक्रममा उल्लेख छ । “हाम्रो बुटवल, सुरक्षित बुटवल” लाई साकार पार्न तिनाउ नदीमा तटबन्ध सहितको तिनाउ करीडोर निर्माण गर्न संघीय सरकारसँग समन्वय एवम सहजिकरण गरिने भएको छ । यस्तै मोतिपूर र सेमलार क्षेत्रमा स्याटेलाईट सहरको विकासका निम्ती आवश्यक अध्ययन कार्य अघि बढाईनेछ ।

हरित बुटवल
बुटवलको हरियाली क्षेत्र ५३ प्रतिशत भन्दा माथि छ । यो मुलुकका कुनै पनि उपमहानगरको भन्दा धेरै हो । यसलाई अझ विस्तार गरेर हरित नगर बुटवलको नारालाई सार्थक बनाइने भएको छ । यसका लागि सडक किनाराहरु, विद्यालय परिसर, सिंचाई नहरका किनार लगायतका सम्भाव्य स्थानहरुमा फलफुलका विरुवा वृक्षारोपण गरिने, उक्त कार्यका लागि टोल विकास संस्थाहरुलाई सक्रिय बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
“एक घर–दुई विरुवा तथा “एक वडा–एक हरियाली पार्क” कार्यक्रमलाई निरन्तरता दिइनेछ । नगरमा नर्सरी स्थापना तथा संचालन गर्न प्रोत्साहित गरिनेछ । “एक बन, बहु पोखरी” निर्माणको अभियानलाई निरन्तरता दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?