© २०२३
प्रदेश नं २ र ५ मा सर्वाधिक संख्यामा कोभिड १९ भएका व्यक्ति भेटिएका छन् ।
प्रदेश ५ कोरोना संक्रमणका संख्याका हिसाबले प्रदेशभरीमा दोसो देखिएको छ भने जिल्लाका हिसाबले कपिलवस्तु तेश्रो छ ।
सोमवारसम्मको तथ्यांकमा प्रदेश नं २ मा ३,१५९ संक्रमण र प्रदेश नं ५ मा २,६८२ जना संक्रमण पुष्टि भएको छ । सबैभन्दा कम वागमती प्रदेशमा ३०९ र गण्डकी प्रदेशमा ५९५ संक्रमण भेटिएको छ । त्यस्तै प्रदेश नं १ मा ४७०, सुदूरपश्मिमा १,०६७ र कर्णालीमा १,२७९ संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी संक्रमण भएको जिल्ला रौतहट रहेको छ जहाँ १,१४६ संक्रमित रहेका छन् भने दैलेखमा ७२६, कपिलवस्तुमा ७०५, सर्लाहीमा ६१४, महोत्तरीमा ५२७, बाँकेमा ३४४ र सुर्खेतमा ३०० संक्रमित रहेका छन् ।
नेपालमा विगत २४ घण्टामा थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
योसँगै सोमवार अपरान्हसम्म देशभरि पुष्टि भएका संक्रमितको कुल संख्या ९,५६१ पुगेको छ । तीमध्ये २,१४२ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।
विगत २४ घण्टामा ३७० जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।