© २०२३
सन्धिखर्क–गोरुसिंगे सडकखण्ड चार दिनदेखि बाटो अवरुद्ध छ । सडक खण्ड अन्तर्गत नरपानीस्थित खाँचीखोलामा गएको ठूलो पहिरो हटाउन नसक्दा सडक अवरुद्ध भएको हो ।
पानी पर्न नरोकिदा सडकमाथिबाट पहिरो खस्न छाडेको छैन । पहिरो बगिरहँदा एक्स्काभेटरलाई पनि काम गर्न जोखिम रहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । तर पहिरो हटाउने प्रयास भने भइरहेको उनले बताए । मुख्य बाटो अवरुद्ध हुँदा अत्यावश्यक सवारी साधन ठप्प भएका छन् ।
वैकल्पिक सडकका रुपमा रहेको खाँचीखोला–खाँचीकोट–नरपानी बजारसम्म जोड्ने सडक पनि केही ठाउँमा भेलले खोलेर बिगारेका बताइएको छ । उक्त सडकलाई मर्मत गरी तत्काल सुचारु गर्न पहल थालेको अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।