© २०२३
पहिरोले जीप पुरिदा गुल्मीमा एकजनाको ज्यान गएको छ भने पाचँजना घाइते भएका छन् ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ बर्षिया तुल्सीराम काउछाको ज्यान गएको प्रहरीले जनाएको छ ।
एक गाउाँट हाडहाडेकै अर्को गाउँ जान लाग्दा लु १ ज ३९७९ नम्बरको जीप हाडहाडेस्थित चुना ओडारमा पुरिएको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका इन्स्पेक्टर पंकज चुदालीले जानकारी दिए ।
जीप सवार अन्य पाचँ जनामध्ये दुईजनालाई उपचारको लागि अर्घाखाँची सन्धिखर्क पठाइएको छ । गाडीचालक समेत रहेका स्थानीय २० बर्षिय प्रदिप पुन र २५ बर्षिय रमेश रानालाई थप उपचारको लागि सन्धिखर्क पठाइएको हो ।
स्थानीय ३९ बर्षिय केशव काउछा, २१ बर्षिय खिम काउछा र १८ बर्षिय विशाल काउछाको अवस्था सामान्य रहेकोले हाडहाडेमै प्राथमिक उपचार गराइएको छ । जीप दिउँसो पुरिएपनि सामान्य अवस्थाका एकजना घाइते पैदलै गाउँसम्म पुगेर खबर गर्दा उद्धारमा ढिलाई भएको हो । लगातार दुई दिनदेखि भइरहेको बर्षाले जमिन कमजोर भएको र पहिरो खसेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।