© २०२३
रुपन्देहीको तिलोत्तमा–४ प्रगतिनगरमा जिउँदै ८ बर्षे बालकलाई गाडेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाउँलेहरुको भनाईलाई छोरा बिरामी भएर बेहोस भएपछि बाबुले लगरे तिनाउ नदिको किनारमा गाडेका आरोप लगाएपछि बाबु सहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनले छोरालाई घरबाट इ रिक्सामा राखेर गाडन लगेका थिए । आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।
आरोपित छोराका बुवाले भने छोराको मृत्यु भैसकेपछि जमिनमा गाडेको प्रहरीलाई बयान दिएका छन् ।
बालकको शब प्रहरीले निकालेर लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको छ भने नियन्त्रणमा लिएकाहरुलाई इलाका प्रहरी कार्यालय लगिएको छ ।