© २०२३
कोरोना रोकथामका लागि भन्दै दाङको तुलसीपुर बजार शुक्रबारदेखि १२ बजेपछि बन्द हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । विपद व्यबस्थापन समितिका संयोजक नवराज लामिछानेले कोरोना रोकथामका लािग नगरपालिकाले त्यस्तो निर्णय गरेको जानकारी दिए ।
त्यसैगरी बैठकले उपमहानगरपालिका भित्र कोरोना संक्रमणका कारण मृत्यु भएका त्यसको व्यवस्थापनको लागि तीन वटा ठाउँलाई संभावित क्षेत्रको रुपम अगाडी बढाएको उनले बताए ।
गैराखाली सामुदायिक बन, बबईको घाट नजिकै र तुलसीपुर १२ मा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुलाई व्यबस्थापन गर्ने भनि सम्भाबित ठाउँको रुपमा तोकिएको छ ।