© २०२३
भारत र चीनबीचको युद्ध अन्त्यको कामना गर्दै बुटवलमा प्रदर्शन भएको छ ।
बिहीबार मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा सामाजिक दूरी कायम राख्दै प्रदर्शन भएको हो । प्रदर्शनमा भारत र चीन बीचको युद्धको अन्त्यको कामना गरिएको छ ।
‘युद्ध निषेध शान्ति विशेष’,‘भारत समझदारी विस्तार गर’, ‘चीनः युद्ध कुनैपनि सम्भावनालाई खारेज गर’ लगायतका प्लेकार्डसहित बुटवलको मुटु पुष्पलाल पार्कमा प्रदर्शन भएको हो ।
कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले समस्याको हल शान्ति र वार्ताबाट मात्रै सम्भव भएको भन्दै छिमेकी राष्ट्र चीन र भारतलाई वार्ताको माध्यमबाटै निकास खोज्न आग्रह गरे । युद्धले निकास नल्याउने हुँदा वार्ता आवश्यक भएको उनको भनाई थियो ।
उनले युद्धले भारत र चीन मात्र नभएर अन्य देश र ती देशका नागरिकहरु पनि असर पर्ने चिन्ता बढेको बताए ।