ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

‘स्थानीय तहको बजेटमा नीजि स्कुललाई सम्बोधन होस्’

४ असार २०७७, बिहीबार
४ असार २०७७, बिहीबार

निजी विद्यालयहरुको छाता संस्था प्याब्सन रुपन्देहीले कोरोना संक्रमणका कारण निजी विद्यालयहरु अस्तव्यस्त भएको भन्दै रुपन्देही जिल्लाका १६ वटै पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ । बुझाइएको ध्यानाकर्षण पत्रमा लामो समयको लकडाउनका कारण विद्यालयहरु बन्द भएकाले विद्यार्थीको पढाइ अवरुद्घ भएको र शुल्क नउठेका कारण हजारौँ शिक्षक–कर्मचारीहरुको रोजगारी गुम्न लागे जनाउँदै समस्या समाधानमा आवश्यक पहल गरिदिन मागसमेत अनुरोध गरिएको छ ।

प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल र सचिव लक्ष्मण ज्ञवालीद्वारा संयुक्त हस्ताक्षरित ११ बुँदे मागसहितको ध्यानाकर्षण पत्रमा स्थानीय सरकारको निर्देशनअनुसार विद्यार्थी भर्ना कार्यक्रम रोकिएको हु“दा विद्यालयहरूले कार्यरत शिक्षक–कर्मचारीहरूलाई मासिक पारिश्रमिक भुक्तानी गर्न नसकेकोले सो तलव–पारिश्रमिक भुक्तानी गर्ने व्यवस्था तत्काल मिलाइनुपर्ने, लकडाउन अबधिभरको बिजुली, पानी महशुल, तथा घरजग्गा भाडा लगायतका स्थानीय सरकारले लिने सम्पूर्ण किसिमका कर मिनाहा गर्नुपर्ने,अनलाइन र भर्चुअल कक्षा चलाउनका लागि निशुल्क इन्टरनेटको व्यबस्था गरिनुपर्ने र भर्चुअल (टि.भि., एफ..एम.) कक्षाका लागि वजेट विनियोजन गर्नुपर्ने माग राखिएका छन् ।

यसैगरी विद्यालय सञ्चालन भएपछि १८० क्रेडिट आवर र वार्षिक कार्य दिन पूरा गर्ने गरी १२ महिनाकै मासिक शुल्क लिने औपचारिक ब्यवस्था गरिनुपर्ने,संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुको वृत्ति विकासका लागि उपलब्ध गराइने तालिममा विभेद गर्न नहुने र विद्यालयमा भर्ना कार्यक्रम अगाडि बढाउन औपचारिकरुपमा स्थानीय शिक्षा समितिले निर्णय गरी तुरुन्त पत्राचार गर्नुपर्ने लगायतका माग राखिएका छन् ।

ध्यानाकर्षण पत्रमा सरकारले निजी संस्थाले शैक्षिक क्षेत्रमा गरेको योगदानको यथोचित मूल्याङ्कन गर्न नसकेको र निजी शैक्षिक संस्थालाई उपेक्षा गरेको गुनासो गर्दै अगाडि भनिएको छ,–“लकडाउका कारण निजी विद्यालयहरूको आम्दानीको पूरै स्रोत गुमेको छ । अभिभावक र विद्यार्थीहरू पनि उत्तिकै निराशा र पीडामा छन् । सरकारी विद्यालयका पाठ्यपुस्तक बिक्री र भर्ना खुला गर्ने तर निजीका बालबालिकाको पुस्तक प्रकाशन र वितरणमा अवरोध खडा गर्ने रवैयाले सरकारले समता र समानतालाई अस्वीकार गरेको महसुस गरिएको हु“दा स्थानीय सरकारलाई आफ्ना व्यवहार र नीति–नियमहरूलाई परिवर्तन गरी हाम्रो विश्वास कायम गरिदिनु हुनका लागि अनुरोध गर्दछौ“ ।”

ध्यानाकर्षण पत्रको अन्तमा संघीय गणतन्त्र नेपालको सम्बैधानिक ब्यवस्थाअनुसार १२ सम्मको शिक्षा हेर्ने जिम्मेवारी स्थानीय सरकारलाई रहेको र संस्थागत विद्यालय, शिक्षककर्मचारीहरु, सञ्चालक र विद्यार्थीहरुसमेतको जिम्मेवारी स्थानीय पालिकाले लिनुपर्ने स्मरण गराउदै आफ्ना मागहरूलाई सम्बोधन नगरिए सबै निजी लगानीका विद्यालयहरू स्थानीय सरकारलाई बुझाई सडकमा आउन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

प्याब्सनका केन्द्रिय, प्रदेश, जिल्ला र पालिकास्तरीय पदाधिकारीहरुको नेतृत्वमा रुपन्देही जिल्लाका १६ वटै पालिकाहरुमा उक्त ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?