ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

धुलो सडक छलेर कसरी जाने लुम्बिनी ?

७ जेष्ठ २०७६, मंगलवार
७ जेष्ठ २०७६, मंगलवार

सडक विस्तारको कार्य जारी रहेकाले भैरहवादेखि लुम्बिनीसम्म २२ किलोमिटर सडक धुलाम्य छ । त्यति मात्र होईन तौलिहवादेखी लुम्विनी सम्मको सडक विस्तार पनि एकैपटक शुरु भएको छ ।
कुल ४१.१ किलोमिटर दुरी रहेको भैरहवा–लुम्बिनी, लुम्विनी –तौलिहवा सडकखण्डको काम एकैपटक शुरु भएको हो । जसको कारण लुम्विनीमा आउने पर्यटकहरुलाई केही असहजता आउन सक्छ । ठेकेदार कम्पनीले धुलो नियनत्रणको लागि दिनहु पानी छ्यापी दावी गरेको छ । तरपनि धुलो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । सन् २०२० जनवरी सम्ममा सडक विस्तारको कार्य पुरा हुनुपर्छ । अहिले सडक विस्तारको कार्य ६० प्रतिशतसम्म सम्पन्न हुनु पर्नेमा अहिले सम्म जम्मा ३५ प्रतिशतको काम पुरा भएको छ ।
भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाका प्रमुख प्रदीप शाक्यले निर्माणका केही विलम्व भएको स्वीकार गरे । ‘ छिटो सम्पन्न गर्न हामीले ताकेता गरिहेका छौं ।’ उनले भने– धुलो नियन्त्रणको लागी टयाङकरबाट पानी छम्की रहने व्यवस्था मिलाएका छौ ।’ उनले धुलो नियन्त्रण गरी पर्यटकलाई आवागमनमा सहजता ल्याउने प्रयास भएको दावी गरे । तर लुम्विनीमा जाने पर्यटकहरुले धुलो र उवाड खवाड सडकले यात्रामा सास्ती भएको बताए । केही दिन अघि लुम्विनी गएर आएका बुटवल सुख्खानगरका दिपक अधिकारीले सडकको कारण आफूहरुले दुःख पाएको बताए ।
‘ साथीलाई लुम्विनी घुमाउन लगेको धुलोले नचिनिने भएर फर्कियौ ।’ उनले भने– विकास गर्दा केही समस्या पनि भोग्नु पर्छ , कम्तीमा धुलो नियन्त्रण गर्न त सकिन्थो होला ।’
भारतीय कम्पनी गवाँर कन्सट्रक्सनले निर्माणको जिम्मा लिएको छ । ठेकेदार कम्पनीको लापरवाहीले त्यहाँ घुम्न आउने पर्यटकले धुलोको सास्ती व्यहोर्नु परेको छ । नियमित रुपमा धुलो नियन्त्रणको लागी पानी छर्किएको देखिदैन भने । निर्माण समागीहरुपनि सडकमा यत्रतन्त्र देखिन्छ । जसको कारण दुर्घटना समेत वृद्धि भएको छ । भैरहवा लुम्विनी निकै व्यस्त हुने सडकहरु । लुम्विनी जाने सडक छेउछाउमै सिमेण्ट छडको ठूलठूला उद्योगहरु छन । कच्चा पदार्थ र तयारी माल सामानको ढुवानीको लागी ढुवानीको साधनको चापले भैरहवा –लुम्विनी, लुम्विनी तौलिहवा सडक निकै व्यस्त रहने गर्छन ।
प्रदेश सरकारले लुम्बिनीमा २० लाख पर्यटन भित्राउने लक्ष्य सहित लुम्विनी भ्रमण वर्ष –२०७६ घोषणा गरेको छ । सडकको अवस्थाको कारण लक्ष्य अनुसार पर्यटक भित्राउन सकिनेमा केही चुनौती भन्ने पक्कै देखिन्छ । आन्तरिक तथा वाह्य पर्यटकको आवागमनमा सहजता ल्याउन सकिएन भने लुम्विनी भ्रमण वर्ष प्रभावित हुने पर्यटन व्यवसायीहरु बताउ“छन ।

लुम्विनी जान वैकल्पीक सडक
जहा“ इच्छा त्यहा“ उपाय । इच्छा शक्ति भए जस्तो सुकै चुनौती पार गरी लक्ष्यमा पुग्न कसैले रोक्दैन । लुम्विनी भ्रमणको इच्छा भएका पर्यटकलाई निर्माणधिन सडकले कुनै असर गर्देन किन की लुम्विनीमा जान वैकल्पीक सडक तयार भईसकेको छ ।
पुर्वपश्चिम लोकमार्गदेखी दक्षिणमा रहेको लुम्विनी पुग्नको लागी सैनामैना नगरपालिका रामापुर कलौनी चोक देखी लुम्बिनी सम्म पक्की सडक संचालनमा रहेको छ । उक्त गौतम वुद्ध रोडको लम्वाई जम्मा १८ किलोमिटर छ । ठेकेदार कम्पनीले गत कार्तिक महिनामा यो सडक सडक विभागलाई हस्तान्तरण गरको थियो । बुटवलदेखी रामापुर कलौनी १७ किलोमिटर छ ।
सालझण्डी –रुद्रपुर– सुर्यपुरा हु“दै पनि लुम्विनी पुग्न सकिन्छ । त्यसेगरी बुटवल– नहरपुर –फर्साटिकर –सुर्यपुरा हु“दै लुम्विनी जान सकिन्छ । वुद्धपरिपथ नामाकरण गरिएको देवदह, मणिग्राम, फर्साटिकर– सुर्यपुरा लुम्विनी हुदै लुम्विनी पुग्न सकिन्छ । जुन पथमा पर्ने गोरकटटाको तिनाउ पुल अलपत्र रहेकाले वर्षायाममा भने यात्रा सहज छैन । वेलहिया नाका हुदै तथा भैरहवा एयरपोर्टमा ओर्लेर लुम्विनी जाने आन्तरिक तथा वाहय पर्यटकले केही मिनेट यात्रामा कष्ट गर्नु परेपनि तिलोत्तमा, सैनामैना, वुटवल, देवदह भएर लुम्विनी जाने पर्यटकले निर्माधिन सडकको कुनै समस्या भोग्नु पर्देन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?