© २०२३
प्रदेश नं ५ का मुख्यमन्त्रि शंकर पोखरेलले प्रदेश सरकारका लागि आउने बर्ष विकासको मोडेल बर्षको रुपमा रहने बताएका छन् । चालु बर्षको एक महिनामा विकासका कामहरुको गति बढेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अनुभव र तयारीले त्यस्तो देखिएको र प्रदेश सरकार त्यसका लागि लागि परेको बताए ।
प्रदेश खोजिने र भेटिने एक बर्षमा नै गराउन सफल भएको मुख्य मन्त्रीको भनाई छ । आउने बर्ष विकासको मोडेल हुन्छ मुख्य मन्त्रीले भने, प्रदेश खोजिने र भेटिने एक बर्षमा गराएका छौं ।
प्रदेश योजना आयोगले आयोजना प्रदेशको वस्तुस्थिति विवरणको सार्वजनिक गर्दे मुख्य मन्त्रि पोखरेलले प्रदेशको वस्तुस्थितिलाई आधार बनाएर आवधिक योजना तयार गरिने बताए । उनले भने– व्यवस्थित कार्य योजनाहरु वनाउन तथ्याङकको जरुरत थियो अहिले तथ्याङको समष्टीगत रुप तयार भएको छ यसले योजनाहरु निर्माण गर्न सहयोग पुराउनेछ ।’
शिक्षा र स्वाथ्यमा प्रदेश ५ छिमेकी प्रदेशहरुको पनि इपिसेन्टर भएको बताए । प्रदेश ५ शिक्षा र स्वास्थ्यमा हवको रुपमा विकास भएकाले कर्णाली र प्रदेश नं ७ को पनि केन्द्रको रुपमा यो प्रदेश रहेको उनको भनाई छ ।
प्रदेशको संवृद्धिको रुपमा कृषी , पर्यटन र औद्योगिक विकास भएको बताउदै सोही अनुसार प्रदेश सरकारले योजना बनाएको जानकारी दिए । राष्ट्यि तथ्याङमा कृषीमा औषत रुपमा प्रदेश भन्दा माथी नै रहेको बताउदै कृषीमा आधुनिकीकरण, वजारीकरण र कृषकलाई अनुदान र प्रोत्साहन दिईने र पर्यटनमा पुर्वाधारलाई प्रदेश सरकारले प्राथमिकता दिएको उनले बताए । उनले प्रदेशमा महत्वपूर्ण २ वटा नाका रहेको र नेपालमा नपाईने कच्चा पदार्थ आयातमा सहज हुने यसले औद्योगिकरणमा टेवा पुराउने विश्वास व्यक्त गर्दे आर्थिक हिसावले यो प्रदेशमा लगानी आकर्षण भएको यद्यपी जुन रुपमा हुनु पर्ने हो त्यो नभएको बताए ।
५ जना मन्त्रिहरुको साथ कार्यक्रममा उपस्थित भएका मुख्यमन्त्रि पोखरेलले मन्त्रि परिषद पारिवारिक वातावरणमा रहेको बताउदै अब प्रदेशको काममा सार्थक परिणाम देखिने बताए । उनले प्रदेश सरकारलाई मात्र होईन संघिय सरकारलाई पनि चुनौती रहेको बताए । उनले भने – हामीलाई अवसर र चुनौती दुवैछन । संघियता कमजोर नभएको बताउदै संघियता कार्यान्वयनमा आएपनि आर्थिक वृद्धिदरमा उचाई थपिएको बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठले चुनौतीको वावजुद प्रदेशको तथ्याङ संकलन गरी प्रदेशको स्थिति विवरण तयार गरिएको बताए ।
३ सय२७ पृष्ठको पुस्तकमा प्रदेशको प्रदेशको प्रमुख सुचकहरु, जनसांख्यिक विवरण आवासको स्थिती , आर्थिक क्षेत्र, भौतिक पुर्वाधार, सामाजिक, आय गरिवि र मानव विकास , दिगो विकासको लक्ष्यको स्थिती समेटीएको छ । प्रदेश सरकारले यस अघि पनि वस्तुस्थिती पत्र सार्वजनिक गरेको थियो । थप परिमार्जन सहित दिगोविकासको लक्ष्य समेत थप गरी विवरण प्रकाशन गरेको आयोगका उपाध्यक्ष डा श्रेष्ठले जानकारी दिए ।