© २०२३
स्थानिय सरकारको बिशेष पहलमा गत विहिबारदेखी रुकुममा मदिरा र मदिराजन्य पदार्थको विक्रि–वितरण र सेवनमा पुर्णतः रोक लगाईएको छ । गत माघ ५ गते जिल्लामा बसेको स्थानिय जनप्रतिनिधी सहितको बैठकले गरेको निर्णय अनुसार मदिरा बन्द गरिएको जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले बताएका छन् ।
मदिराका कारण मानव स्वास्थ्यमा गम्भिर असर परेको र सामाजिक सद्भाव समेत बिग्रिएको निस्कर्ष सहित सरकारले यसको विक्रि–वितरण र प्रयोगमा पुर्णतः रोक लगाउने निर्णय गरेको थियो । गत माघ ५ गते गरिएको निर्णय अनुसार फल्गुण १५ गतेसम्म जिल्लामा मदिरा भित्र्याउन बन्द गरि जिल्लामा रहेको मदिरा व्यवस्थापनका लागि समय दिईएको थियो । त्यसपछि फल्गुण १६ गतेदेखी उक्त निर्णयअनुसार नै जिल्लाका सबै स्थानमा रहेका मदिरा पसलहरु बन्द भएका हुन् । प्रमुख राजकुमार शर्माका अनुसार कुनैपनि व्यवसायिसंग मदिरा स्टक छ भने त्यसको परिमाण खुलाएर स्थानिय प्रशासनलाई निवेदन लेखेपछि फिर्ता गराउन दिईने छ ।
स्थानिय सरकारको निर्णय अनुसार व्यवसायिले आफ्ना पसलहरु बन्द गरेका हुन् । तर कानुनतः आफुहरु दर्ता भएकोले आफुहरुको व्यवसायिक अधिकार हनन् भएको भन्दै जिल्ला मदिरा व्यवसायी संघ रुकुमका अध्यक्ष नविन खड्काले आफुहरुलाई अन्याय भएको बताएका छन् । नेपालको कानुन अनुसार नै आफुहरुले व्यवसाय गरिरहेको र अगामि दिनमा पनि गर्न पाउनुपर्ने माग गर्दै मदिराको बिक्रिमा रोक लगाउने निर्णय खारेज हुनुपर्ने भनेर उच्च अदालत सुर्खेतमा फागुन १ गते दायर गरिएको रिटउपर फागुन ६ गते सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले उत्प्रेषण परमादेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।मदिराको विक्रिमा रोक लागेसंगै जिल्लाका बिभिन्न स्थानमा नागरिकले यस निर्णयको स्वागत समेत गरेका छन् । आठविसकोट नगरपालिकाका १, २ र ३ वडाहरुलाई औपचारिक रुपमै मदिरा निषेधित क्षेत्र घोषणा गरिसकिएको छ भने अन्य स्थानलाई पनि यसैगरि निषेधित क्षेत्र ताकेर जाने स्थानिय सरकारको तयारी रहेको नगर प्रमुख गोर्खबहादुर केसीले बताएका छन् । स्थानिय सरकारको यस निर्णय विरुद्ध कहि कतै कुनै पनि गतिविधी भएको पाईएका कानु बमोजिम कारवाही गरिने प्रमुख खत्रीको भनाई रहेको छ ।