ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

सकारात्मक आँखाले हेर्नुस्ः संचार मन्त्री

२९ माघ २०७५, मंगलवार
२९ माघ २०७५, मंगलवार

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले सरकारको गतिविधीलाई नकारात्मक दृष्टीले नहेर्न पत्रकारहरुलाई आग्रह गरेका छन । सरकारले जनचाहना अनुसार काम गरिरहेको बताउदै त्यसको पनि सकारात्मक दृष्टीकोण राखी प्रचार प्रसार गर्न आग्रह गरे । पत्रकारहरुको हकहितको लागि कानुनमै व्यवस्था गर्न लागिएको बताउदै मन्त्रि बास्कोटाले सरकारले आलोचनात्मक सुझाव चाहेको बताए । आग्रह पुर्वाग्रहवाट भएको भ्रमहरुप्रति कुनै वास्ता नगरिने बताउदै उनले भने– ‘भ्रमको शिकारको पहिरनुस , काग कराउँदै गर्दछ पिना सुक्दै गर्छ ।’
नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभाको सोमवार बुटवलमा उद्घाटन गर्दे मन्त्रि वास्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउने गरि ऐन कानुन निर्माणमा जुटेको बताए । उनले अहिले सरकारले गरेका हरेक गतिविधिलाई नकरात्मक रुपमा प्रचार गर्ने काम भएको बताए । उनले अहिले मिडियामा कानुनका बिषयलाई लिएर अनावश्यक हल्ला मच्चाउने काम भएको बताए । ‘प्रेस कानुन ल्याउदैछौं, मान्छेहरु हल्ला मचाउँदैछन, अध्यारोमा तरबार नचलाऔं’ मन्त्री बाँस्कोटाले भने । उनले संसदमा विज्ञापन सम्बन्धि विधेयक संसदमा दर्ता गरेको बताउँदै यसले मिडियालाई फाइदा गर्ने बताए । ‘सबै भन्दा बढि माग मोफसलका मिडियाले गरेका हुन, त्यसलाई सम्बोधन गर्न विज्ञापन ऐन ल्याइएको हो ।’ उनले विज्ञापन ऐनले नेपालको १२ अर्बको विज्ञापनलाई २० अर्बको पुर्याउने दावी गरे ।
६५ बर्ष पुगेका पत्रकारलाई निवृत भरणको व्यवस्था, सञ्चारग्राम स्थापनाका लागि ७ वटै प्रदेशमा स्थापना गर्न सम्झौता हुनु सरकारको उपलब्धि भएको बताए । उनले नेपाल पत्रकार महासंघले श्रमजिवि पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध हुनु अस्वभाविक भएको बताए ।
उनले विरोध भएपनि सरकारले कार्यान्वयन गरेरै छाड्ने बताए । उनले आफू पत्रकारिताबाटै आएकाले यसको विकास र मर्मलाई बुझेर कार्यक्रम ल्याइने बताए । उनले कम्यूनिष्ट सरकारले काम गर्दा अरुलाई पिडा भएकाले त्यसलाई चर्चामा ल्याउनुको अर्थ नरहेको बताए । उनले अब कम्यूनिष्ट सरकार ५ बर्ष मात्रै नभई आउदो चुनावमा पनि जनताकोमन जितेर चुनाव जित्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले संघियता कार्यान्वयनका चरणमा रहेकाले संरचनाको जगलाई बलियो बनाउने गरि मिडियाले बिषय उठाउनुपर्ने बताए । उनले समृद्धि मूलूकको आवश्यकता भएकाले मिडियाले सकरात्मक भूमिका खेल्नुपर्ने बेला आएको बताए । लोकतन्त्रलाई कमजोर र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले साना मिडिया बलियो नहुँदासम्म श्रमजिवि ऐन लागू हुन नसक्ने बताए ।
प्रदेश नम्बर ५ का सांसद कमला विश्वकर्माले समाज परिवर्तनमा पत्रकारिताले धेरै काम गर्न सक्ने भन्दै यसको शक्तिलाई सदपयोग गर्न आग्रह गरेकी थिईन ।
पूर्व सांसद विनोद पहाडीले मूलूक संघियतामा गएपजि प्रेस पास तथा अन्य सेवा लिन कठिन भएकाले समाधान गर्न आग्रह गरे । उनले पत्रकारिता क्षेत्रका व्यक्ति सञ्चारमन्त्री भएकाले सञ्चार क्षेत्रलाई राहात र सहजता ल्याउने गरि काम गर्न सुझाव दिए । उनले लुम्बिनी राष्ट्रिय पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्नका लागि आग्रह गरे ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले नेपालको समृद्धिका लागि बजेट निति कार्यक्रम र दीगो विकास लक्ष्यमा विमती छैन भने प्राथमिक क्षेत्रमा लगानी भए की भएन त्यसमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।
संविधान कार्यान्वयनका लागि पत्रकारहरुले पनि जिम्मेवार पूर्वक कलम चलाउने बेला आएको बताए । उनले भ्रष्टाचार र अनियमिततालाई तोड्न सबै क्षेत्र लाग्नुपर्ने बताए । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले पत्रकारिताले समाचार लेख्न र प्रकाशन गर्नुअघि पटक पटक सोँच्न आग्रह गरे ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनाल पत्रकार महासंघ रुपन्देहीकास सल्लाहाकार खिमानन्द भट्टराई, नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलम, कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसि , सचिव रामप्रसाद आचार्य , उत्कृष्ट पत्रकारिता मूल्यांकन समितिका संयोजक डिआर घिमिरे, शैक्षिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिका संयोजक इन्दिरा अर्याल, लगायतले बोल्दै पत्रकारितालाई विश्वसनीय बनाउन आग्रह गरे ।
यसैविच साधारणसभाकै अवसरमा नेपाल पत्रकार महासंघले विभिन्न निकायसँग मिलेर स्थापना गरेको तीन वटा पुरस्कार वितरण गरेको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरले संयुक्त रुपमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार डायलसन अधिकारी र पत्रकार भगवती पाण्डे पुरस्कृत भएका छन । अधिकारी उत्कृष्ट पत्रकारिता पुरस्कार २०७३ र पाण्डे उत्कृष्ट पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार पाण्डे पुरस्कृत भएका हुन । दुवै जनालाई नगद ५०÷५० हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा, बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले पुरस्कार वितरण गरेका हुन । अधिकारी बुटवल टुडे र रेडियो नेपाल आबद्ध छन भने पाण्डे लुम्बिनी सामुदायिक टेलिभिजन र सेतोपाटी अनलाईनमा आबद्ध छन ।
यसैगरि नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल पब्लिकसँगको सहकार्यमा स्थापना गरिएको शैक्षिक पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार लक्ष्मण पोखरेल सम्मानित भएका छन। नगद १० हजार सहित सम्मानपत्रले प्रमुख अतिथि सञ्चार मन्त्री बाँस्कोटा र बुटवल पब्लिकका अध्यक्ष हेमलाल शर्माले संयुक्त प्रदान गरेका हुन । पोखरेल अन्नपूर्ण पोष्ट दैनिक प्रदेश ५ को प्रमुखमा कार्यरत रहेका छन ।
पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी र सल्लाहाकारलाई पनि सम्मान गरिएको छ । नेपाली पत्रकारिताको जगलाई बलियो बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेकाले शाखाले सम्मान गरेको हो । पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, विनोद पहाडी, हरि लम्साल, डिआर घिमिरे, मोहन चापागाई, दीपक ज्ञवाली र शेरबहादुर केसीलाई सम्मान गरिएको हो । यसैगरि प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, दिल साहनी, बसन्त पोखरेल, प. बाबुराम भट्टराईलाई मरोपरान्त सम्मान गरिएको छ । यसैगरि सल्लाहाकारहरु खिमानन्द भट्टराई, माधव नेपाल, नारायण सापकोटा र चेतन पन्तलाई सम्मान गरिएको छ । प्रमुख अतिथि मन्त्री बाँस्कोटा र महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन । पोखरेल बुटवल टुडेका सल्लाहकार सम्पादक हुन् ।
साधारणसभाकै अवसरमा पत्रकार महासंघको ३० लाख रुपैयाँ अक्षयकोष बनाउने लक्ष्यमा तिलोत्तमा नगरपालिका सहभागी भएको छ । तिलोत्तमा नगरपालिकाले आगामि आर्थिक बर्षमा उपलब्ध गराउने गरि ५ लाख रुपैयाँ अक्षयकोषलाई दिने घोषणा गरेको छ । साधारणसभामा बोल्दै नगरप्रमुख घिमिरेले नगद ५ लाख उपलब्ध गराउने घोषणा गरेका हुन ।
पत्रकारले भत्ता नलिने
१. विभिन्न संघ संस्थाका कार्यक्रमहरुमा समाचार संकलनका क्रममा जादा त्यस्ता संस्थाहरुले उपलब्ध गराउने भत्ता वा कुनै पनि आर्थिक सहयोग नलिने र नदिन आग्रह गर्ने निर्णय गरियो ।
२. नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गत कार्तिक १ गतेदेखि लागू हुने गरि २५ प्रतिशत बृद्धि गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सम्पूर्ण सञ्चार गृहलाई आग्रह गर्दै प्रभावकारी अनुगमन र निरीक्षणका लागि सरकार समक्ष जोडदार माग गर्दछ ।
३. पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाको सुनिश्चितता गर्नुका साथै पेशागत स्थायित्वका लागि उचित वातावरण निर्माण गरियोस ।
४. हरेक सरकारी सञ्चार माध्यम, प्रतिष्ठान, आयोग, समिति र बोर्डहरुलाई प्रादेशिक ढाँचामा रुपान्तरण गर्न माग गर्दछ ।
५.सञ्चार सम्बन्धि सरकारमा हरेक निकायहरुमा समावेशि र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्न माग गर्दछ ।
६. सामुदायिक तथा निजि सञ्चार संस्थाहरुमा आन्तरीक लैगिक तथा समावेशि निति बनाई कार्यान्वयनका लागि जोडदार माग गर्दछ ।
७. पत्रकार महासंघको साधारण सदस्यहरुको सदस्यता शुद्धिकरणका लागि अभियान चलाउने, पत्रकारिता आचार संहिता विपरित भइरहेका गतिविधिहरुको अनुगमन निरीक्षण गर्ने र प्रेसपासको दुरुपयोग रोक्न विशेष अभियान चलाउने निर्णय भयो ।
८. विधागत पत्रकारिताको विकासका लागि तालिम तथा क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भयो ।
९. मोफसलका छापा तथा विद्युतीय सञ्चार माध्यमको स्थायित्व र दीगो व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारहरुलाई नितिगत व्यवस्था गर्न माग गर्दै प्रदेश सरकारले ड्राफ्ट गरेको प्रकाशन प्रशारण विधेयकलाई सञ्चारमैत्री बनाउन माग गर्दछौं ।
१०. नेपाल पत्रकार महासंघको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गरि आगामि अधिवेशनबाटै प्रभावकारी ढंगले कार्यान्वयन गर्न माग गर्दछौं ।
११. समानुपातिक विज्ञापन नितिलाई प्रभावकारी कार्यान्वयन गर्न र स्थानीय सरकारका सूचना तथा विज्ञापनहरुलाई स्थानीय सञ्चार माध्यमबाटै प्रकाशन प्रशारणको व्यवस्था मिलाउन माग गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?