ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

प्रदेश विकास परिषद गठन

१६ माघ २०७५, बुधबार
१६ माघ २०७५, बुधबार

प्रदेश नं ५ मा प्रदेश बिकास परिषद गठन भएको छ ।
प्रदेश मन्त्रि परिषदको वैठकले मुख्यमन्त्रि शंकर पोखरेलको संयोजकत्वमा बिकास परिषद गठन गर्ने निणर्य गरेको हो । मुख्यमन्त्रि संयोजक रहने उक्त परिषदमा समाजमा विशिष्ट योगदान पुराएको व्यक्तिहरुलाई सदस्यमा प्रदेश सरकारले मनोनित गर्ने छ भने पदेन सदस्य सहित परिषद सदस्यको संख्या ६० भन्दा वढि हुने छ ।
प्रदेश सरकारका मन्त्रिहरु, प्रदेश सरकारको मुखय सचिव, मन्त्रालयका सचिवहरु, प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सभाका बिभिन्न समितिका सभापतिहरु, प्रदेश योजना आयोगको उपाध्यक्ष र सदस्यहरु, जिल्ला समन्वय परिषदका सभापतिहरु पदेश सदस्य रहने छन ।
त्यसै गरी प्रदेश ५ भित्र रहेका १ सय ९ स्थानिय तहका प्रमुख÷ अध्यक्षबाटबाट प्रतिनिधित्व १५ जना सदस्यहरुले गर्ने छ । राष्ट्यि जिवनमा बिशिष्ट योगदान पुर्याएका २५ जनालाई प्रदेश सरकारले सदस्यमा मनोनित गर्ने छ । परिषदले प्रदेशको योजना आयोगले तयार पारेको दिर्घकालिन वा आवधिक विकास निति वा योजनामा छलफल गरी मार्ग दर्शन गर्ने छ ।
बैठकले गुल्मी जिल्लाको रुरु गाउपालिकाको केन्द्र र नाम तथा प्युठानको झिमरुक गाउपालिकाको केन्द्र परिवर्तनका सम्वन्धमा सम्वन्धित स्थानिय तहबाट शिफारिस भई आएकोमा त्यसलाई संघिय सरकारमा शिफारिस पठाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्रि वैजनाथ चौधरीले जानकारी दिए ।
गुल्मीको रुरु गाउपालिकाको नाम रुरु क्षेत्र र केन्द्र ध्युबेसीमा सार्ने र प्युठानको झिमरुकको वडा नम्वर ५ मच्छिबाट वडा नम्वर ४ भ्यागुतेमा सार्न सिफारिस गरीएको छ ।
त्यसै गरी बैठकले भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयले पेश गरेको स्मार्ट कृषी गाउ कार्यक्रम संचालन र कार्यविधी स्वीकृत गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पेश भएको प्रदेश ५वाट प्रदान गरिने विभूषण सम्वनधमा कानुनी व्यवस्था गर्न वनेको विधेयक मन्त्रि परिषदको राजनितिक समितिमा छलफलको लागि पठाउने निर्णय भएको प्रवक्ता चौधरीले जानकारी दिउ ।
सोही बैठकले फागुन ३ गते प्रदेश स्थापना दिवश बिशेष कार्यक्रम गरी मनाउने निणर्य गरेको छ । स्थापना दिवश मनाउन मन्त्रिपरिषद बैठकले आन्तरीक मामिला तथा कानुन मन्त्रि कुल प्रसाद केसीको संयोजकत्वमा व्यवस्थापन, भौतिक पुर्वाधार बिकास मन्त्रि तथा प्रबक्ता बैजनाथ चौधरीको संयोजकत्वमा प्रचार प्रसार समिति र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीको संयोजकत्वमा प्राभातफेरी तथा स्थानीय व्यवस्थापन समिति गठन गरेको छ । यस अघि नै प्रदेश स्थापना दिवशमा प्रदेशमा सार्बजनिक बिदा दिने निणर्य गरीसकेको छ । त्यसैगरी बैठकले व्यवसायीक तथा सिप विकास केन्द्र दाङ र नेपालगंज तथा रोजगार सूचना केन्द्र बुटवलको अस्थायी दरवन्दी स्वीकृत गरी त्यहा कार्यरत कर्मचारीको २०७६ असार मसान्त सम्मको लागि म्याद थप गर्न स्वीकृती दिएको छ । व्यवसायीक तथा शिपविकास तालिम केन्द्र दाङमा १६ जना र नेपालगंजमा १३ तथा सूचना केन्द्र बुटवलमा ३ जना कर्मचारी करारमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?