ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

जब गाउँको एउटा मूल पनि सुक्यो…

६ माघ २०७५, आईतवार
६ माघ २०७५, आईतवार

गाउँमै मोटरबाटो पुगेको छ । समत भुभाग । विकासका अन्यू पूर्वाधारको पनि कमी छैन् । नगरक्षेत्रमकै एउटा ठाउँ, जहाँ पानीको असुविधाले सवै अँधुरो बनाएको छ । समय वित्दै गयो, पानीको मुहान सुक्दै जानथाले । बोट विरुवा बीनास र जथाभावी निर्माण गरिएका सडक सञ्जालले गर्दा गाउँका मुहान सक्दै गएपछि पानीको हाहाकार हुन थालेको छ, प्यूठान नगरपालिका १ स्थित दाखाक्वाडी भलावाङमा ।
गाउँमा भएको एकमात्र आपखोला मुहान सुकेको स्थानीयले बताए । उक्त मुहान आठवर्ष अघि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले निर्माण गरेको गरेको थियो । सोही आयोजनाबाटै यहाका स्थानीयले खानेपानीको जोहो गर्दै आएका थिए । दश घरधुरीलाई पायक पर्नेगरी गाउँमा एउटा पानीका धारा बनाइएको छ । पोहोरसालसम्म धारामा पानी आएपनि विगत एक वर्षदेखि पानी आउनै छाडेको छ । जसोतसो संकलन भएको पानी धारामा खसीहालेपनि धेरैले गाग्रो भर्न नपाउदै पानी सुक्छ ।
स्थानीय ६५ घरधुरी अहिले ‘काकाकुल’ बनेका छन् । दिनरात पानीकै पिरलोले उनीहरुलाई सताउने गर्छ । पुस्तौदेखि आपखोला मुहानको पानी पिउँदै आएका स्थानीय ४५ वर्षिय थम्मन खड्काले हिजोआज पानी ‘अमृत’ जस्तै बन्न थालेको प्रतिक्रिया दिए । ‘मही खुवाउन सजिलो होला’,उनले भने,‘घरमा आएका पाहुँनालाई पानी पु¥याउन सकिदैन् ।’ मुहान सुक्दै गएपछि पानीको अभाव बढ्दै गएको उनले बताए ।
गाउँको विकराल खानेपानीको समस्या बुझिदिन निर्वाचन जनप्रतिनिधीलाई पटक पटक आग्रह गरेपनि बेवास्ता गरेको स्थानीय सामाजिक अगुवा शान्त बहादुर थापाले दुःखेसो पोखे । ‘चुनावको बेला विकासको ठूला कुरा गरे’,उनले भने,‘चुनाव जितेपछि एकपटक पनि फर्केर आएनन् ।’ नगरपालिकाका मेयर र वडा अध्यक्षलाई स्थलगत रुपमा गाउँको समस्या बुझ्न आग्रह गरेको उनले बताए । प्यूठान नगरपालिकाको पुछारमा रहेको भलावाङ गाउँ स्वर्गद्धारी नगरपालिकाको बर्जिवाङदेखि नजिकै पर्छ । नगरपालिकादेखि कुनामा भएकाले पनि आफूहरुलाई वेवास्ता गरेको गाउँलेले दुःखेसो गरेका छन् । ‘बजारमा यस्तै समस्या भएको भए सवैको नजर पुग्थ्यो होला ?’,थापा भन्छन्,‘गाउँका जनता जहिलै पछाडी पर्ने भए ।’ नगरक्षेत्रको बासिन्दा भएरपनि नगरबासीको अनूभुति गर्न नसकिएको उनीहरु बताउँछन् ।
गाउँदेखि माथीको भागमा मुहान नहुँदा स्थानीयलाई पानीको जोहो गर्न समस्या भइरहेको छ । करिव पाँचसय मिटर तल रहेको माडीखोलाबाट बोरिङ गरेर लिफ्ट मार्फत पानी गाउँमा ल्याउने संभावना रहेको स्थानीयको भनाई छ । छिमेकी स्वर्गद्धारी नगरपालिकामा माडीखोलाबाटै पानी लिफ्ट गरेर गाउँमा ल्याइएको छ । करोडौँ लगानी लाग्ने भएकाले जनश्रमदान गरेर पानी ल्याउन असम्भव देखिएको स्थानीयको भनाई छ । नगरसभा हुनपूर्व गाउँलेले वडाबाट खानेपानीका लागि प्राथमिकतामा राखेर योजना मागेका थिए । तर, आफूहरुको मागप्रति पुरै वेवास्ता गरेकाले जनप्रतिनिधी जनताका प्रतिनिधी जस्तो नभएको उनीहरुको गुनासो छ ।
विहान र साँझ आधा घण्टा मात्र आउने पानीको धारामा गाउँलेहरुबीच धेरैपटक झै–झण्डा हुने गरेको स्थानीयले अनुभव सुनाए । विहान, बेलुका धाराभरी रित्ता गाग्री भरिभराउ हुने गर्छन् । पानीकै समस्याले गाउँको सरसफाइमा समेत चुनौती थपिएको छ । स्थानीय दाखाक्वाडी स्वास्थ्यचौकीमा आउने सेवाग्राही र माण्डवी प्रावीका विद्यार्थीहरु समेत प्रभावित भएका छन् । सरसफाइका लागि गाउँलेहरु माडीखोलामा पुग्ने गर्छन् । पिउने पानीकै अभाव झेलिरहेका स्थानीयलाई खेतीपातीमा सिंचाई गर्ने कुरा सपनाजस्तै लाग्ने गरेको छ । रेडक्रसले यसअघि करिव १२ लाख रुपैयाँ लगानी गरेर खानेपानी आयोजना निर्माण गरेको स्थानीयले बताए ।
दिनप्रतिदिन ‘विकराल’ बन्दै गएको खानेपानी समस्या समाधानका लागि स्थानीय सरकारले ठोस कार्यक्रम बनाउन गाउँलेले आग्रह गरेका छन् । ‘भोट माग्न मात्र गाउँ छिर्ने होइन ?’,स्थानीय थम्मन खड्काले भने,‘जनता एकपटकलाई मात्र हुन् भन्ने सम्झनु हुँदैन् ।’ दुःखको बेला जनतालाई साथ दिनसमेत उनले जनप्रतिनिधीको ध्यानाकर्षण गराए । खानेपानीको क्षेत्रमा जिल्लामा काम गर्ने थुप्रै निकाय भएपनि भलावाङमा कसैको नजर पुग्न सकेको छैन् । नगरबासी भएरपनि दुर्गमकै नागरीकहरुको जस्तै समस्या झेलिरहेका यहाँका स्थानीयले पहिलो प्राथमिकता पानीलाई दिएर मात्र अन्य विकास गर्न सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?