ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

राजधानी सार्ने षडयन्त्र नहोस्

४ माघ २०७५, शुक्रबार
४ माघ २०७५, शुक्रबार

नेपाली काग्रेस रुपन्देहीले प्रदेश नम्बर ५ को स्थायी राजधानी बुटवलमा नै हुनुपर्ने माग सहित बुटवलमा वृहत जनप्रर्दशन र विरोध सभा गरेको छ । तत्कालिन प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापती शेर बहादुर देउवाले बुटवललाई अस्थायी राजधानी तोकेको दिन पारेर नेपाली काग्रेस रुपन्देहीले प्रर्दशन र सभा गरेको छ ।
पछिल्लो समयमा अस्थायी रुपमा रहेको प्रदेश नम्बर ५ को स्थायी राजधानी अयन्त्र सार्ने षडयन्त्र हुन लागेको भन्दै नेपाली काग्रेस रुपन्देहीको आयोजनामा बुटवलमा विरोध सभा र जनप्रर्दशन गरिएको हो । सभालाई नेपाली काग्रेसका केन्द्रीय स्तरका नेताहरुले संवोधन गरेका थिए ।
सानो कसरतबाट तोकीएको होईनः नेता खाँण
नेपाली काग्रेस केन्द्रीयसदस्य तथा पुर्व मन्त्री बालकृष्ण खाँणले प्रदेशको नम्बर ५ को राजधानी बुटवलमा तोक्नु सानो कसरतबाट नभएको बताए । कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले लुम्बिनी गौतम बुद्धको जन्मस्थललाई भारतले लामो समय सम्म अप्राकृतिक कसरत गरेको भन्दै तर अहिले गौतम बुद्ध जन्मीएको लुम्बिनीनै रहेको प्रमाणीत भएको बताएका छन् ।
उनले त्रिवेण्ी, रामग्रामलाई लुम्बिनी संग जोड्न चाहेको बताएका छन् । अहिले प्रदेश ५को भौगोलीक रुपमा समेत उत्कृष्ठ प्रदेश भएको भन्दै लुम्बिनीको नामबाट प्रदेशको नामकरण गर्नुको विकल्प नभएको बताएका छन् ।
उनले प्रदेश नम्बर ५ लाई समृद्ध प्रदेशको रुपमा विकास गर्न लागेको बताए । अहिले सबैको भावना र अभिमत अनुसार नै बुटवललाई प्रदेश ५ को स्थायी राजधानी बुटवल नै मागेको बताए । उनले भने–‘मुख्य मन्त्री र मन्त्रीहरुको झण्डा हल्लाउनको लागि राजधानी बुटवल मागेका होईन । ’ उनले नेपालकै सबैभन्दा उत्कृष्ठ प्रदेशको रुपमा प्रदेश नम्बर ५ लाई बनाउन खोजेको बताए ।
प्रदेशको राजधानी तोक्नको लागि कुनै पनि विलम्ब गर्न नहुने उनको भनाई रहेको थियो । भैरहवामा अन्तराष्ट्रिय विमानस्थल बनाउने मुख्य योगदान नेपाली काग्रेसका नेता गिरीजा प्रसाद कोईराला, शुसिल कोईरालाका रहेको बताए ।
मुलुकको विकासको लागि अहिलेको सरकारले गतिशिल भुमिका खेल्न नसकको पुर्व मन्त्री खाँणलेआरोप लगाए । नेपाली काग्रेस निरन्तर खबरदारी र निरन्तर आलोचना गर्ने समेत बताए ।
बुटवलको मान्छे भएर बुटवलमा नै राजधानी हुनुपर्छ भनेर नभनिएको भन्दै उनले रुपन्देहीमा राजधानी हुँदा भौगोलीक सुगमता लगायतका आर्थिक, समाजिक र भौतिक हिसावबाट समेत पायक पर्ने ठाउँ भएको बताए ।
देश विदेश जानको लागि पनि प्रदेशको राजधानी उपयुक्त भएको उनले बताए । अहिले यातायात र हवाई सञ्जालको मुख्य पहुँको क्षेत्रको रुपमा रुपन्देही नै उपयुक्त भएको भन्दै उनले ५ नम्बरको प्रदेशको स्थायी राजधानी नै रुपन्देही हुनुपर्ने बताए ।
मुख्य मन्त्री ले केही समय पहिला संघीय संसादमा प्रदेशको राजधानीको विषयमा नबोल्नको आग्रह गरिएको प्रसंघमा नेता खाँणले प्रदेश सरकारको राजधानी तोक्ने जिम्मा प्रदेश सभालाई नै दिएको बताए । मुख्य मन्त्रीको चाहानाले मात्रै प्रदेशको राजधानी तोक्न नसक्ने बताए । दुई तिहाई बहुमत को आधारमा मात्रै प्रदेशको राजधानी र नामकरण टुंगो लाग्ने भन्दै उचित निर्णय गर्नको लागि मुख्य मन्त्री संकर पोखरेललाई आग्रह गरे । उनले प्रदेश सभामा रहेका संसादहरुले नै उचित समय र परिस्थीतिमा निर्णय लिनको लागि आग्रह गरे ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले वाईड वडी जहाज खरिदमा भष्ट्राचार भएको ठहर भएमा केपी ओली र प्रचण्लाई जेल हाल्ने बताएका छन् । बुटवलमा आयोजना गरिएको नेपाली कागे्रेसको सभलाई सम्बोधन गर्दै नेता भण्डारीले अहिलेको सरकारले विकास भन्दा पनि भष्ट्राचार बढि गरेको अरोप लगाए । उनले प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न नसक्नु कम्नष्युष्ट शासनको पराकाष्ट भएको बताए । समान्वादको नाममा नेपालमामा कम्नुष्ट शासन लाद्न खोजेको आरोप समेत लगाए । कुनै पनि हालमा देशमा संघीयता सफल हुने भन्दै नेता भण्डारीले रुपन्देही प्रदेश नम्बर ५ को स्थायी राजधानी भएको बताए ।
तराई र पहडलाई जोडेर प्रदेश ५ को विकास संभव भएको भन्दै उनले सबै प्रदेश र जिल्लाहरुलाई समेट्र देश बनाउन सकिने धारणा राखे ।
सभालाई संवोधन गर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले पहाड र तराईय छुट्टीन नहुने बताए । उनले सबैको संघ्रर्षबाट नै संघीयता आएको भन्दै संघीयता लाई स्थायीरुप दिनको लागि एकता आवश्यक रहेको बताए ।
पछिल्लो समयमा राज्यले गरेका क्रियालकपाको कारण देश कंगालीकरण बन्दै गएको भन्दै नेता कण्डेलले अव यस्तो हुन नदिने बताएका हुन । उनले जनता सम्पन्न बनाउने अभियानमा नेपाली काग्रेस लागेको भन्दै कम्निष्टको नाममा अवरवादको खोजी सधैको लागि अन्त्य हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाली काग्रेस अर्घाखाँचीका सभापती विष्णु भुषाल, पाल्पा सभापती भिम बहार राना, गुल्मी जिल्ला सभापती भुवन, नेपाली काग्रेस प्रदेश नम्बर ५, प्रदेश सभा संसदीय दलतका नेता बलदेव शर्मा पोखरेल, नेपाली काग्रेस जिल्ला सभापती अब्दुल रज्जाक, जिल्ला सचिव रामकृष्ण खाँण लगायतका नेताहरुले सभलाई सम्बोधन गरेका थिए ।
बुटवलको राजमार्ग चौरहाबाट रुपन्देही जिल्लाका १६ वटा स्थानिय तह, नेपाली काग्रेसकाका समितिको सहभागीतामा राजधानी नर्सानको लागि दबाब सहित ¥याली आयोजना गरिएको थियो ।
बुटवलको राजमार्ग चौराहबाट निस्कीएको ¥याली मिलनचौक, बस पार्क, अस्पताल लाईन हुदै कार्यक्रम स्थल बुटवलको ट्राफिक चौकमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा सभागी हुने भनेर प्रसार गरिएको नेपाली काग्रेसका युवा नेता तथा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा कार्यक्रममा सहभागी भएनन् । पार्टीको प्रवक्ताको रुपमा आधिकारीक धारणा आउने अपेक्षा गरिएपनि उनी उपस्थिती हुन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?