© २०२३
बुटवल, ३ बैसाख । बुटवल औद्योगिक क्षेत्रका उद्योगी खेम श्रीस मगरको निधन भएको छ । एक महिनाअघि नवलपरासीको बर्दघाटमा विद्युतिकरणको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भई काठमाडौंमा उपचाररत श्रीसको आइतबार बिहान निधन भएको हो ।
५७ वर्षिय श्रीस नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य,महासंघ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष एवं उद्योग ब्यापार संघ बुटवलका पुर्व अध्यक्ष हुन् । बुटवल औद्योगिक क्षेत्रको बुटवल इलेक्ट्रोनिक्स एण्ड ट्रान्सफर्मर उद्योगका सञ्चालक श्रीसको निधनले बुटवलको औद्योगिक क्षेत्रलाई ठूलो क्षति पुगेको उद्योग ब्यापार संघ बुटवलले जनाएको छ । श्रीसको निधनप्रति उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्द गैरे, नेपाल उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले दु:ख व्यक्त गरेका छन् ।